काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् ।
८० बर्षिय किरणले स्वास्थ्य लगायतको कारण देखाउँदै स्वैच्छिक राजीनामा दिएपछि उनको स्थानमा पार्टीले सीपी गजुरेल ‘गौरव ‘लाई महासचिव बनाउने निर्णय गरेको बताइएको छ ।
सो पार्टीको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले महासचिवबाट मोहन वैद्य किरणले दिएको राजिनामा स्वीकृत गर्दै रिक्त पदमा पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवलाई चयन गरेको हो ।
बैठकको सुरुमै महासचिव मोहन वैद्य किरणले आफ्नो स्वास्थ्य अवस्थाका कारणले दिनुभएको राजिनामा वाचन गरेर सुनाइएको थियो । किरणले केन्द्रीय समितिलाई सम्बोधन गर्नुपर्ने माग भएपछि भर्चुअल रुपमा सम्बोधन गरेका थिए । महासचिव पदबाट आफूले दिएको राजिनामा स्वीकृत गरिदिन किरणले केन्द्रीय समितिलाई अनुरोध गरेपछि केन्द्रीय समितिले उनको राजिनामा स्वीकृत गर्दै रिक्त महासचिवको पदमा कार्यवाहक महासचिव सीपी गजुरेललाई चयन गरेको हो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.