भदौ ८ , तुलसीपुर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दाङमा ५ दिने कम्युनिस्ट स्कुल सञ्चालन गर्ने भएको छ ।
दाङको तुलसीपुरमा भोलिदेखी सञ्चालन हुने कम्युनिस्ट स्कुलिङ कार्यक्रमको तयारी पूरा भएको नेकपा दाङका सेक्रेटरी तिलक सीले डेलीन्युजराप्तीलाई जानकारी दिनुभयो ।
सेक्रेटरी तिलक सीका अनुसार स्कुलिङमा साविक राप्ती क्षेत्रका करिव ६० जना नेताकार्यकर्ताको सहभागीता रहनेछ ।
कम्युनिस्ट स्कुलिङमा विचार , राजनीति , दर्शन एवम पार्टीको कार्यदिशा एकीकृत जनक्रान्तिका बारेमा प्रशिक्षणमुलक रहने जनाइएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय स्कुल विभाग प्रमुख भेषराज सी सहितका नेताहरुको उपस्थितिमा कम्युनिस्ट स्कुल सञ्चालन हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टी लुम्बिनी प्रदेश राप्ती क्षेत्रको आयोजनामा माध्यामिक तहको कम्युनिस्ट स्कुलिङ भदौ ९ गतेदेखी १३ गतेसम्म ५ दिनसम्म चल्नेछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.