काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले १० बर्षे जनयुद्धको जिम्मेवारी आफूले लिने बताएका छन् । ५ पार्टी निकट महिलाहरुको संयुक्त महिला संघ संघर्ष समितिले आयोजना गरेको ‘वर्तमान परिस्थिति र महिला मुक्तिको प्रश्न’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले १० बर्षे जनयुद्धको जिम्मा आफूले लिने बताएका हुन् ।
१० बर्षे जनयुद्धमा महिलाहरुको ठूलो योगदान गरेको भन्दै त्यही योगदानका कारण नेपालमा ठूलो परिवर्तन भएको उनको भनाई थियो । ‘नेपाली महिला अन्दोलनको उत्कर्ष भनेको जनयुद्ध हो । यो सबैले बुझ्नु पर्छ । जनयुद्धलाई कसैले पनि मिनिमाइज गर्न हुन्न ।’, गोष्ठीलाई सम्बोधन गर्दै विप्लवले भने, ‘जनयुद्धमा सहभागीहरुलाई केही मान्छेहरुले हत्यारा, केहिले अपराधि भनेका छन् । त्यो हाम्रो लागि स्वीकार्य छैन । जनयुद्धको समिक्षा गर्ने जिम्मा हाम्रो । यसको समिक्षा हामी गछौँ ।’
जनयुद्धामा भएको महिला सहभागीले महिला आन्दोलनमा ठूलो भूमिका खेलेको उनको भनाई थियो । ‘जनयुद्धमा ४० प्रतिशत महिलाले सत्तामा भाग लिएका थिए । ३५ प्रतिशत महिलाहरु जनमुक्ति सेनामा थिए । कुनै पनि विभागमा महिलाको समान सहभागीता थियो । कयौँ क्षेत्रमा महिलाको अगुवा भूमिका थियो ।’, उनले भने, ‘यो एउटा क्रान्ति हो । क्रान्तिले समस्याको समाधान गर्छ । क्रान्तिविना महिलाहरुको मुक्ति सम्भव छैन । अलि अलि सुधार हुन्छ तर महिलाको मुक्ति सम्भव हुँदैन ।’
माओवादीमाथि चौतर्फी हमला भएको भन्दै विप्लवले जनयुद्धका उपलब्धीको रक्षा आफूहरुले गर्ने बताए । ‘हामी माओवादीमाथि चौतर्फी हमला भएको छ । को कता छ ? छोडिदिउँ । जनयुद्धको रक्षा हामी गछौँ, संरक्षण हामी गछौँ । प्रचण्डले गर्छन गर्दैनन् त्यो उनको कुरा हो । हामी गछौँ ।’, उनले भने, ‘हामीलाई हाम्रो लक्ष्यमा जानबाट रोकेर विश्वभरका डाँकाहरुले हामीमाथि षड्यन्त्र गरे, एक ठाउँमा बसेर हामीमाथि हमला गरे, हामीमाथि षड्यन्त्र गरे ? जनयुद्धबाट नौलो जनवाद आएको भए हामी जिम्मेवार हुन्थ्यौं नी । अहिले हामीले सहिदहरुलाई सहिद भन्न नपाउने, घाइतेको बारेमा बोल्न नपाउने, बेपात्तको खोजविन गर्न नपाउने अबस्था छ । हाम्रा दिदी बहिनीका समस्याहरुबारे बोल्न नपाईने । रोक्ने, आफैले षड्यन्त्र गर्ने । अनि संकट माओवादीका कारणले आयो भन्ने ? यो अर्को षड्यन्त्र हो ।’
समान्तवादको अन्त्य जनयुद्धले गरेको भन्दै त्यसमा महिलाको ५० प्रतिशतभन्दा धेरै सहभागीता रहेको बताए । माओवादीका कारण देशमा संकट आएको नभई दलाल पुँजीवादले त्यसलाई माओवादी तिर लक्षीत गरेको उनको भनाईको थियो ।
गाेष्ठीमा नेकपा केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघका क्रान्तिकारीकी अध्यक्ष बन्दु चन्दले कार्यपत्र प्रस्तुत गरेकि थिइन् भने कार्यक्रममा अध्यक्षता धनकुमारी सुनारले गरेकि थिइन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.