नेकपा बबई गाउँपालिकाको दोस्रो सम्मेलन सम्पन्न,सेक्रेटरीमा रण बहादुर वली चयन

डेली न्युजराप्ती       २ भाद्र २०७९ १८:४३ मा प्रकाशित     349 No Comments

भदौ २,हापुरे। नेपाल कम्युनिस्ट पार्टी बबई गाउँपलिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ।
बिहिवार सम्पन्न दोस्रो सम्मेलनले रण बहादुर वलीलाइ सेक्रेटरी चयन गर्दै १५ सदस्यीय गाउँकमिटी चयन गरेको छ।

दोस्रो सम्मेलनद्वारा निर्वाचित सदस्यहरुमा दिल बहादुर,भक्त वहादुर नेपाली,प्रेम प्रकाश भण्डारी,तारा वली,
टिकाराम विक,मालती राणा,बिन्दु वली,मोति केसि,पबित्रा डागी,लालमती खड्का,दोवाराम वली,मान वहादुर वली,टेक बहादुर खत्री(भुवन) रहेका छन।

नेकपा दाङका सेक्रेटरी प्रदिपको प्रमुख आतिथ्यमा सम्पन्न दोस्रो सम्मेलनमा नेकपा दाङ जिल्ला कमिटी सदस्य प्रतिरोध,मगर मुक्ती मोर्चा नेपालका केन्द्रीय सदस्य तथा सहिद परिवार मालती राणा,अखिल नेपाल किसान महासंघ बबई गाउँपालिका अध्यक्ष टेक बहादुर खत्री,अनेमसंघ क्रान्तिकारीका बिन्दु वली र बयोबृद्द पाका कम्युनिस्ट नेता दोवाराम वली लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

दिल बहादुरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता गाउँपालिकाका सेक्रेटरी रण बहादुर वलीले गरेका थिए भने कार्यक्रमको संचालन हिक्मतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार