एजेन्सी । उत्तरपश्चिम टर्कीएको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् ।
टर्कीएका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताउनुभयो । अधिकारीहरूले अहिलेसम्म ५२ जनाको मृत्यु भएको पहिचान गरेका छन्।
सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू थिए । घटनापछि गृहमन्त्रीले पत्रकारहरूलाई भने, “हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।”
टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । “यो एकताको दिन हो” उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे । उनले दोषी जो कोही भए कारबाही हुने समेत बताए ।
टर्कीए सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान शुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिक मन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको बताए ।
आगलागी हुँदा करिब २३४ जना पाहुना होटलमा बसिरहेका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.