घोराही / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले अहिलेको आर्थिक संकट र त्यसले मिडियामा परेको दुस्प्रभावका कारण नागरिक अधिकार संकुचित भएको बताएका छन।बुधबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता अनिल सीले यस्तो धारणा व्यक्त गरेका हुन् ।
विद्यमान आर्थिक- राजनीतिक संकटका कारण साना तथा स्वरोजगार मिडियामा गम्भीर नकारात्मक प्रभाव परेकोले यसले नागरिक आवाज र जनअधिकारको संकुचन भएको भन्दै नेता अनिलले यसबारे सरोकारवालाहरुले साझा योजना बनाएर अघि बढ्नुपर्ने बताए । “अहिले आर्थिक संकट छ, यसले मिडियाहरुले बिज्ञापन नपाएर टिक्न गार्हो छ,मिडिया कमजोर हुने भनेको नागरिकको आवाज कमजोर हुने कुरा हो” – नेता अनिलले भने-” नागरिक आवाज कमजोर हुने भनेको राज्य निरङ्कुश र फासीवादी हुने खतरा हुन्छ,यदि देशमा पश्चगमन र फासीवाद अगाडि आयो भने हामीले ठूलो मुल्य चुकाउनु पर्नेछ।”
बर्तमान आर्थिक संकट र त्यसले मिडियामा पारेको प्रभाव बिषयक अन्तर्कृयालाई सम्बोधन गर्दै नेता अनिलले अहिलेको आर्थिक संकटको कारण नागरिकको जीवनस्तर थप कस्टकर बनेको , यसको दिगो समाधानका लागि ब्यापार बिबिधिकरण गर्ने र उत्तरतिरको नाका खोल्न राज्यले पहल गर्नुपर्ने बताए ।
उदारीकरणका कारण देशको अर्थतन्त्र धरासायी भएको तर्फ संकेत गर्दै उनले उदारीकरण र नीजिकरणका नाममा देशमा दलाल पुँजी हाबी भयो, केही नेताहरुले चुनाव लड्ने खर्च पाए, बिदेशीहरुको सहयोगमा दलहरू सरकारमा टिक्ने स्थिति बाहेक जनतालाई कुनै फाइदा नभएको टिप्पणी गरे।
पञ्चायतमाकालमा राजनीतिकरणकै कारण सार्वजनिक उध्योगहरु समाप्त भएको भनेर एकथरी मानिसहरुले भनिरहेको भएपनि मुख्य कारण त्यो नभएको तर २०४६ पछि उदारीकरणको नाममा बिश्व बैंकको योजना अनुसार नेपालको अर्थतन्त्रको संरचना बनाइएकोले अहिलेको आर्थिक संकट र परनिर्भरताको समस्या आएको बताए ।
नेकपाका स्थायी कमिटी सदस्य प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष एवम प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायण प्रसाद शर्मा , जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष शेर बहादुर बिश्वकर्मा , नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवम राप्ती ब्युरो इन्चार्ज सविन सी , नेकपा केन्द्रीय सदस्य सम्झना सी , नेकपा केन्द्रीय सल्लाहकार समितिका सदस्य सुन्दर सी , नेकपा केन्द्रीय सदस्य प्रदिप सी , प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम , प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारी , प्रेस काउन्सिल नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रीयासन , प्रेस सेन्टर नेपालकि केन्द्रीय सदस्य लक्ष्मी आचार्य , नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसि , प्रेस सेन्टर नेपाल दाङका अध्यक्ष पाण्डव शर्मा , समाजवादी प्रेस संगठन नेपाल दाङ जिल्ला अध्यक्ष सुर्य बिसि , नागरिक समाज दाङका पुर्व अध्यक्ष चन्द्रराज पन्त , दाङ जिल्ला उधोग बाणिज्य संघका अध्यक्ष वसन्त जोशी , प्रतिरोध अभियानका संयोजक प्रमोद धिताल , नेपाल प्रेस नेपाल दाङका सचिव अम्मर क्षितिज भण्डारी , लेखक तथा साहित्यकार रामप्रसाद जैशी लगाएतको आतिथ्यता रहेको थियो ।
जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश सदस्य जंग रेउलेले सहजीकरण गरेको कार्यक्रमको अध्यक्ष संगठनका प्रदेश संयोजक हेमन्त प्रकाश वलीको रहेको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.