अलपत्र फोरलेन सडकमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु

डेली न्युजराप्ती       १२ श्रावण २०७८ १३:०१ मा प्रकाशित     376 No Comments

हेमन्त वली श्रावन१२,दाङ। दाङमा आज बिहानै मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत तुलसीपुर-७ पर्सेनीमा रा ६ प ७२५ नम्बर मोटरसाइकल दुर्घटना हुँदा तुलसीपुर १० राइखल्यानका अन्दाजी ३५ वर्षिय चुडामणी भण्डारीको मृत्यु भएको हो ।

सडक निर्माणका लागि खनिएको खाल्डोमा मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । शबलाई पोष्टमार्टका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार