तुलसीपुरमा विप्लवका कार्यकर्ताले एमसिसी विरुद्ध घन्काए ‘गो ब्याक अमेरिका’को नारा(फोटोफिचर)

डेली न्युजराप्ती       १० भाद्र २०८० १७:४१ मा प्रकाशित     435 No Comments

हेमन्त प्रकाश ओली ।
भदौ १० , तुलसीपुर ।
विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताले तुलसीपुरमा एमसिसी विरुद्ध प्रदर्शन गरेका छन् ।
नेकपा पश्चिम दाङको आयोजनामा आयोजित बिरोध प्रदर्शनमा सहभागी नेताकार्यकर्ताले तुलसीपुरका विभिन्न चोकमा ‘गो ब्याक अमेरिका’को नारा लगाउदै बजार परिक्रमा गरेका हुन् ।

तुलसीपुरको बाहिनी चोकबाट सुरु भएको बिरोध प्रदर्शन र्याली बजारका विभिन्न चोक परिक्रमा गर्दै बसपार्कको तिनकुने चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बिरोध र्यालीमा नेकपा पश्चिम दाङका नेताकार्यकर्ताका साथै पार्टी निकट अखिल (क्रान्तिकारी) तुलसीपुरका युवा बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पार्टीका पश्चिम दाङ जिल्ला समितिका इन्चार्ज प्रदिप सीले अमेरिका नेपाललाई आर्थिक सहयोगको उद्देश्य लिएर नभई सैन्य हस्तक्षेपका लागि आएको बताए ।
उनले भने– ‘अमेरिका आर्थिक सहयोगको आवरणमा सेना ल्याएर आउँदैछ । अमेरिका हाम्रो देशको स्वाधीनता , सार्वभौमसत्तालाई समाप्त पारी युक्रेन बनाउन चाहान्छ ।हाम्रो पार्टी एमसिसी सम्झौता कार्यान्वयनका विरुद्ध जुनसुकै मूल्य चुकाएर लड्न तयार छौँ । यो देशका देशभक्त , राष्ट्रवादी , प्रगतिशील र देशलाइ माया गर्ने सबै शक्तिले एमसिसीको बिरोधमा सडकमा आउन तयार रहनुपर्छ।’

नेता प्रदिपले एमसिसी सम्झौतामा रहेका राष्ट्रघाती प्रावधानहरुका कारणले मुलुकको स्वाधीनता समाप्त पार्ने खेल रहेको बताए ।

अडिट उसैले गर्ने , नेपालले अमेरिकाको कानुन मान्नुपर्ने यो कस्तो प्रावधान हो ? भन्दै नेता प्रदिपले थप भने, ‘बौद्धिक सम्पतिमा अमेरिकी एकाधिकार , सम्झौताको कानुन बाझिएमा एमसिसीको कानुन लागू हुने , सम्झौतामा कुनै हिस्सेदार नभएको पक्ष भारतको पुर्व स्वीकृति लिनुपर्ने जस्ता प्रावधानले यो सम्झौता नेपाली जनताको हितमा छैन्।’

नेता प्रदिपले एमसिसि सम्झौता मार्फत अमेरिकाले नेपालमा रहेको कम्युनिस्ट प्रभावलाइ कमजोर बनाउने , यो देशका बहुमुल्य युरेनियम लगाएतका धातु कब्जा गर्ने , रणनैतिक हिसाबले चिनलाई घेर्ने रणनीतिक योजनासहित एमसिसि परियोजना नेपालमाथि जबर्जस्त लाद्न खोजेको जिकिर गरेका थिए ।

कोणसभाको सहजीकरण नेकपा पश्चिम दाङका सचिव निर्मल सीले गरेका थिए ।

फोटोफिचर:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार