डिजेल र मट्टीतेलको मुल्य घट्यो

डेली न्युजराप्ती       १५ कार्तिक २०८० ०७:१४ मा प्रकाशित     193 No Comments

काठमाण्डौ ।  नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले मङ्गलवार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेल लिटरमा चार रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेशन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

अब डिजेल र मट्टीतेलको उपभोक्ता मूल्य प्रतिलिटर एक सय ६४ रुपैयाँ प्रतिलिटर कायम भएको छ । भारतबाट पेट्रोल र एलपी ग्यासमा भाउ बढेर आए पनि नेपालमा भने उपभोक्ताको हितलाई ध्यानमा राखेर नबढाइएको निगमको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार