अमेरिकी साम्राज्यवादी हस्तक्षेप विरुद्ध नेकपाले भोलि एमसिएको कार्यालय घेराउ गर्ने

डेली न्युजराप्ती       २९ जेष्ठ २०७९ २२:०८ मा प्रकाशित     313 No Comments


काठमाडौं। इन्डो प्यासिफिक रणनीतिको अंगको रुपमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) लाई नेपालको संसदले पास गरेपछि नेपालको स्वाधीनता माथिअमेरिकी हस्तक्षेप तिव्र रुपमा बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीले नेपाल स्थित एमसिएको कार्यालय घेराउ गर्ने जनाएको छ।नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डद्वारा २३ जेष्ठ २०७९ मा जारी प्रेस बिज्ञप्ति मार्फत जेष्ठ ३०गते दिउँसो१२ बजे दरबार मार्ग स्थित याक एण्ड यति होटेलमा रहेको एमसिएको कार्यालय घेराउ गर्ने कुरा बताइएको हो।
पछिल्ला केही दशकयता चिनियाहरुले आफ्नो देशको बिकास लाई सवै सुचकका दृस्टिले निरन्तर अगाडि बढाउदै लगेपछी चिनको प्रभाव विश्व राजनीति र अर्थतन्त्रमा बढ्दै गएको छ भने चिनियाँ क्रान्ति सम्पन्न भएको सतवार्सिकी २०४९ सम्म चिनलाई बिकासका सबै मापदण्डका आधारमा बिश्वको पहिलो नम्बरमा बदल्ने चिनिया कम्युनिस्ट पार्टिको योजना छ भने अर्काेतिर सोभियत संघको विघटन र पुर्वी युरोपमा समाजवादी सत्ताहरुमा पुजिवादको पुनर्स्थापना भएपछी एक धुर्विय महाशक्तिको रुपमा रहेको अमेरिकी व्यवस्थामा आर्थिक , राजनीतिक , सामाजिक र सास्कृतिक संकटहरु अझ बढी जटिल हुँदै गैरहेका छ्न।बढ्दो सार्वजनिक ऋण, धनी र गरिब विच सम्पातिको वितरणमा भएको भारी असमानता र अमेरिकी लोकतन्त्रमा देखिएका समस्याहरूका कारण उत्पन्न संकटलाई टार्न अमेरिकाले जसरी पनि चिनलाई घेर्ने , चिनको फैलावट लाई संकुचन गर्ने र मुडभेड गर्ने उसको विदेश नितिको भाग अन्तर्गत हिन्द प्रशान्त रणनीति र त्यसको अंग एमसिसी लाई आगाडी ल्याएको हो।नेपाल जस्तो सार्वभौम र स्वतन्त्र देश ,जसको विदेश निति अन्तर्गत असङ्लग्नता समेत पर्छ, चिनलाई घेर्ने अमेरिकी योजनामा आफ्नो भुमिको प्रयोग गर्न दिनु वा कसैको स्वार्थमा नेपालको रास्ट्रहितको सौदावाजी गर्नु दीर्घकालीन हिसाबले प्रतिउत्पादक साबित हुने कुरा निश्चित छ।
नेपालको संसदले एमसिसी पास गरे पछि अमेरिकी विदेश सहायक मन्त्रीद्वारा भुटानी शरणार्थी शिविरको भ्रमण गर्नु , हिन्द प्रशान्त क्षेत्रका अमेरिकी सैन्य कमाण्डरको नेपाल भ्रमण , प्रधानमन्त्री देउवाको आशन्न अमेरिका भ्रमणको तयारी र केही समय पहिले युक्रेन संकटबारे रुस बिरुद्द युक्रेनको पक्षमा दिएको समर्थन लगाएतका गतिविधिहरु तिव्रतामा बढ्नु निकै सोचनिय विषय हो।
मुलुकमा भ्रस्टाचार,महङ्गी , मूल्य वृद्धि , वन्दिहरुको रिहाइ, बिदेशी साम्राज्यवादी सैन्य हस्तक्षेप बिरुद्द र देशको सार्वभौमिकताको रक्षाका लागि नेपाल कम्युनिस्ट पार्टीले बिरोध प्रदर्शन , घेराउ र मशाल जुलुस सहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार