तुलसीपुर खानेपानिको बार्षिक साधारणसभा सम्पन्न

डेली न्युजराप्ती       २७ जेष्ठ २०८० १८:२८ मा प्रकाशित     197 No Comments

तुलसीपुर, २७ जेष्ठ । तुलसीपुर खानेपानि उपभोक्ता तथा सरसफाई संस्थाको १८ औँ बार्षिक साधारणसभा तथा कार्यपरिषद बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै खानेपानि संस्थाका कोषाध्यक्ष भोला प्रसाद थापाले संस्थालाई आत्मनिर्भर बनाउदै लैजाने , संस्थामा कार्यरत कर्मचारीहरुको जिवन सुरक्षित गर्ने, आम उपभोक्ता प्रति अझ उत्तरदायी भैएर संस्थामा रहेका लक्षित उपभोक्तालाई पुर्याउने बताउनुभएको छ । यस्तै उहाले संस्थालाई प्रविधी सँग जोडेर प्रदान गरिने सेवालाई छिटो छरितो र पारदर्सी बनाउनका लागी मर्मत संभार तथा पुर्ननिर्माण कोष, कर्मचारी कल्याण कोष, कर्मचारी दायीत्व कोष, सामाजिक उत्तर दायीत्व कोष जस्ता कोषहरु खडा गरि बजेटको समेत व्यवस्था मिलाएको उहाको भनाई छ ।

आगामी दिनमा संस्थामा वर्षौ देखि पुर्ण रुपमा जिर्ण भएर प्रयोगमा ल्याउन नसकिने सामानहरुको कारणले संस्था परिसर भित्र पानि व्यवस्थापन गर्न समस्या देखिएको भन्दै उहाले जिर्ण सामाग्रीहरुको लिलाम बिक्रीका लागी प्रकृया मिलाउने बताउनुभएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष एमकान्त भण्डारी, पुर्व अध्यक्षहरु, विभिन्न राजनितीक दलका नेता लगाएतले आ-आफ्नो धारणा राखेका थिए । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव सेवकराम भण्डारीले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार