युवा संगठन नेपाल दाङको जिल्ला भेला साउन २५ गते हुने

डेली न्युजराप्ती       १२ श्रावण २०७९ १८:०३ मा प्रकाशित     482 No Comments


साउन १२,घोराही। नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङको जिल्ला भेला श्रावण २५ गते हुने भएको छ।
युवा संगठन नेपाल दाङ जिल्ला सम्मेलन कमिटीको घोराहीमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बिहिवार बसेको आयोजक कमिटीको बैठकले सुदर्शनको संयोजकत्वमा २७ सदस्यीय सम्मेलन आयोजक कमिटी चयन गरेको छ भने सम्मेलनलाई सफल पार्न कार्यक्षेत्र हेरफेर गरिएको संगठनले जनाएको छ।

संगठनका जिल्ला संयोजक सुदर्शनको अध्यक्षतामा बसेको बैठकमा नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य,नेकपा दाङका सेक्रेटरी प्रदिपको आतिथ्य र संगठनका केन्द्रीय सदस्य एवम जिल्ला इन्चार्ज जिवनीको बिशेष उपस्थितिमा बैठक सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार