प्रचण्डले माओवाद त्यागेकै बेला विप्लवद्वारा नेकपा (माओवादी) दल दर्ता , चुनाव चिन्ह गुलाफ

डेली न्युजराप्ती       ४ मंसिर २०८२ ०७:११ मा प्रकाशित     130 No Comments

काठमाडौं । विप्लव नेतृत्वको नेकपाले नेकपा (माओवादी)को नामबाट दल दर्ता गरी चुनाव चिह्न ‘गुलाफको फूल’ पाएको छ ।
दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह् लिन पार्टी महासचिव विप्लव लगायत नेताहरू बाजागाजा सहित मंगलबार निर्वाचन आयोग पुगेका थिए । प्रमाणपत्र र चुनाव चिन्ह पाएसँगै आयोग परिसरभित्रै बाजागाजासहित ¥याली निकालिएको थियो ।
महासचिव विप्लवले माओवादबाट भागगदौड मच्चिरहेको बेला जनयुद्धकालीन नेकपा (माओवादी) लाई ब्युँताउनु भएको हो ।
सुरूमा नेकपा दर्ताका लागि निवेदन दिएपनि विप्लवले जनयुद्धका उपलब्धीहरुको रक्षाका लागि नेकपा (माओवादी) नै उपयुक्त भएको ठहर गर्दै सो नाम दर्ता गराउनु भएको हो ।
अहिले माओवादी केन्द्र लगायतका घटक मिलेर नेपाली कम्युनिष्ट पार्टी दर्ता गरी माओवाद नै परित्याग गरिएको बेला विप्लवले पुरानै नेकपा (माओवादी) कायम राखेर दल दर्ता गराउनु माओवादीजनमा सकरात्मक प्रभाव परेको छ । नेकपा (माओवादी) ले १०५ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा पेश गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार