भदौ १६,घोराही नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओबादी ) लुम्बिनी प्रदेश सदस्य तथा अखिल नेपाल ट्रेड युनियन महासघका केद्रिय सदस्य नरेन्द्र बञ्जाडेको ममतामयी आमाको १३औ दिनको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
नेता बन्जाडेकी दिवंगत ममतामयी आमा निमादेवी बन्जाडे बिहिवार घोराही उपमहानगरपालिका,३ बर्गदुवा स्थित आफ्नै निवासमा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो।
शोकसभामा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासघका महासचिव वसन्त बोगटीले मृतक आमाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उहाँले पार्टीलाई नेपाली क्रान्तिमा महत्त्वपूर्ण भुमिका रहेको बताउनुभयो । नेकपा (क्रान्तिकारी माओबादी) केन्द्रीय सदस्य तथा दाङ जिल्ला इञ्चार्ज समीरले मृतक आमाप्रति भाबपुर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै समाज रुपान्तरणका लागि निरन्तर सङघर्षमा होमिन आग्रह गर्नुभएको थियो। कार्यक्रममा नेकपा माओबादी केन्द्र दाङका सचिव बिश्वराज आचार्य, जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हेमन्त प्रकाश वली लगाएतका वक्ताहरुले शोक मन्तब्य राख्नुभएको थियो।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका लुम्बिनी संयोजक राजु भुजेलले संचालन गर्नुभएको कार्यक्रमको अध्यक्षता नरेन्द्र बञ्जाडेले गर्नुभएको थियो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.