हाम्रो पार्टी नै एकमात्र गतिशील क्रान्तिकारी पार्टी हो : विकाश

डेली न्युजराप्ती       २५ आश्विन २०८० १८:३२ मा प्रकाशित     206 No Comments

हेमन्त प्रकाश ओली ।

असोज २५ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका राप्ती ब्युरो कार्यालय सचिव विकाश सीले नेपालमा नेकपा नै एकमात्र गतिशील क्रान्तिकारी पार्टी भएको ठोकुवा गरेका छन् ।

नेकपा तुलसीपुर नगर समितिको आयोजनामा आयोजित नगर स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रशिक्षणात्मक मन्तव्य राख्दै उनले उक्त कुरा बताएका हुन् ।

बिहिवार तुलसीपुरको भुह्यारथानमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै नेता विकाश सीले भने – ‘नेपालमा एकमात्र गतिशील क्रान्तिकारी पार्टी हाम्रो नै हो । तपाइँहरुलाइ गाउँगाउँमा प्रतिक्रियावादीहरुले अनेकौं भ्रम छरिरहेका छन् जो कुरा सत्य होइन । हामी प्रचण्ड-बाबुरामको प्रतिक्रान्तीलाई जितेर आएका मान्छे  हौं । हामीसंग नवीन राजनितिक कार्यदिशा एकीकृत जनक्रान्ती छ । हामिले अहिलेको विश्व परिवेश र नेपालको राष्ट्रिय परिवेशलाई राम्रोसंग बुझेर यो अशान्त , अस्थिर , अराजक , असमान दुनिया बदल्ने सोचेका छौँ । हामी क्रान्तिकारीको नाउमा घुमिफिरी रुम्जाटार हुने भन्दापनि गतिशील क्रान्तिकारी बनेर नेपालमा अहिलेको सत्तालाई बदलेर वैज्ञानिक समाजवाद स्थापना गरेरै छाड्ने अठोट लिएका छौँ त्यसका लागि पार्टी सदस्यले पार्टीको नीति योजनालाई बुझेर जनतामा व्यापक प्रचार गर्न आवश्यक छ ।’

प्रचण्डलाई छोडेर आएका मान्छे हौं , नेता विकाशले थप भने , ‘प्रचण्डलाई छोड्नु भनेको सत्तालाई छोड्नु हो । हामीपनि सत्ताको स्वाद लिन सक्थ्यौ तर देश र जनतालाइ धोका हुने भएपछी हामी जनतामा फर्किएका हौं । हामी प्रतिक्रान्तिलाइ जितेर आएका मान्छे हौं । अहिलेपनी हाम्रा विरुद्ध अनेकौं भ्रमहरु फिजाइएका छन् तर हाम्रा कार्यकर्ताहरु भ्रममा पर्नु भएको छैन । हाम्रा विरुद्ध प्रतिक्रियावादीहरुले जुनसुकै भ्रम फैलाएको भएपनी हामी क्रान्तिभन्दा दायाँबायाँ हुने मान्छे होइनौं । हामी एकपटक बलिदान दिन तयार छौँ तर नेपालको संसदीय सत्तालाई बदल्ने गरि एकीकृत जनक्रान्तीको यात्रामा अनवरत यात्रामा छौँ ।’

एक अर्को प्रसंगमा बोल्दै नेता विकाशले समाजवादी मोर्चा अहिलेको आवश्यकता भएको टिप्पणी गरे । अहिले राष्ट्रिय स्वाधीनता जटिल मोडमा छ , उनले भने, ‘समाजवादी मोर्चा राष्ट्रिय स्वाधीनताको रक्षा र नेपालमा संसदीय व्यवस्थाको विकल्पमा समाजवाद स्थापनाका लागि बनेको हो। समाजवादी मोर्चालाई प्रतिक्रियावादीहरुले जुनसुकै मूल्य चुकाएर असफल बनाउन चाहान्छन तर हामिले यो मोर्चालाई अझ प्रभावकारी बनाउदै जानुपर्छ । एमसिसी मार्फत अमेरिका सिधा नेपाल आइपुगेको छ । साम्राज्यवादले नेपाललाई प्रयोग गरि चीन घेर्ने रणनीतिसहित नेपाल आएको छ । अबको प्रधान  लडाइँ अमेरिकी साम्राज्यवाद विरुद्ध हुनेछ । हाम्रो पार्टीका विरुद्ध ठुलाठुला भ्रमहरु छन् , नेताकार्यकर्ताले त्यसलाइ चिर्नुपर्छ र बहुसंख्यक जनतालाइ पार्टीमा गोलबन्द गर्दै जानुपर्छ ।’

नेकपाका केन्द्रीय सदस्य एवम पार्टीका पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यमा भएको तुलसीपुर नगर स्तरीय राजनैनिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपाका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम पार्टीका पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा पश्चिम दाङका सचिवालय सदस्य एवम पार्टीका तुलसीपुर नगर इन्चार्ज भुवन सी , पार्टीका जिल्ला सचिवालय सदस्य एवम बबई गाउँकमिटिका इन्चार्ज उज्वल सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश ओली अगाएतको आतिथ्य रहेको थियो ।

अनेमसङ्घ क्रान्तिकारीका केन्द्रीय सदस्य एवम पश्चिम दाङ अध्यक्ष प्रकृति सीको स्वागत मन्तव्यबाट सुरु भएको राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमको सहजीकरण नेकपा पश्चिम दाङकी सदस्य अरुणा सीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार