बैशाख ११, सल्यान। नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा सल्यानको छत्रेश्वरी गाउँपालिका अध्यक्षमा लोक्पाल केसीले उम्मेदवारी दिएका छन् ।
केसीले आज निर्वाचन अधिकृतको कार्यालय छत्रेश्वरीमा उम्मेदवारी दिएर स्वतन्त्रबाट पहिलो उम्मेदवारी दर्ता गराएका हुन् । उनको समुहबाट उपाध्यक्षमा हिरा बुढाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् ।
यहि टिमबाट वडा नम्बर १, २, ३, ४ मा पनि स्वतन्त्र वडाध्यक्ष र वडा सदस्यहरु उम्मेदवारी परेको छ। यो टिमले बाँकी ३ वटा वडाहरुमा पनि भोलीसम्म उम्मेदवारी दिने जनाएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.