प्रचण्ड जस्तै कञ्चन-सुदर्शनपनि क्रान्तिबाट पलाएन भए : विकाश

डेली न्युजराप्ती       १९ मंसिर २०७९ १६:३८ मा प्रकाशित     441 No Comments

मंसिर १९ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि समितीका सदस्य विकाश सीले प्रचण्डले जस्तै सुदर्शन-कन्चन पनि क्रान्तिबाट पलाएन भएको ठोकुवा गर्नुभएको छ ।
आज सोमबार पार्टीको तुलसीपुर उपमहानगर कमिटीको तेस्रो बैठकमा मन्तव्य राख्दै नेता विकाशले उक्त ठोकुवा गर्नुभएको हो ।

मन्तव्यको क्रममा नेता विकाशले भन्नुभयो – ‘ जनयुद्धका नायक प्रचण्डले घुमाउरो तरिकाले जनयुद्धका सबै प्राप्त उपलब्धिहरुलाइ खरानी बनाएर क्रान्तिबाट पलाएन भएजस्तै अहिले हाम्रो पार्टीबाट पनि सुदर्शन-कन्चनहरु पनि क्रान्तीवाट भागे , पलाएन भए । उनिहरुले एकीकृत जनक्रान्तीका विरुद्धमा साम्राज्यवादको इशारामा पार्टी , क्रान्ती र नेतृत्वका विरुद्ध खुलेयाम हमला गरे । चुनावको निहुँ बनाएर भगौडा सुदर्शन-कन्चनहरुले क्रान्तीका विरुद्ध निर्मम प्रहार गर्दै हिडेका छन । हामी सुदर्शन-कन्चनलाइ लुटेरा ग्याङको जस्तो व्यवहार नगरी राजनीतिक व्यवहार प्रदर्शन गर्न आग्रह गर्दछौं ।’

हामी नेपालमा अधुरो क्रान्तिको कार्यभार पूरा गर्न अर्को बिद्रोहको अभियानमा छौँ , उहाले भन्नुभयो ‘ हामी नेपालमा जनताको आफ्नै शासन व्यवस्था स्थापना गर्न चाहेका छौँ । हाम्रो चाहाना पवित्र छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रामक संसदीय व्यवस्था नामको दलाल पुजीवादी व्यवस्थाको लुटखसोट अब धेरै दिन चल्ने छैन । जनता जागरुक बनिसकेका छन ,अबको युग बिद्रोहको युग हो । जनताले अहिलेसम्म थुप्रै आन्दोलन गरे तर यो निर्णायक बिद्रोह हो ।’

नेता विकाशले दलाल पुजीवादको विरुद्धमा एकीकृत जनक्रान्तीमा लामवद्द भएर बिद्रोह संगठित गर्न परिवर्तनकामी जनसमुदायलाई अपिल समेत गर्नुभएको थियो ।

बैठकको अध्यक्षता नेकपा तुलसीपुर उपमहानगर कमिटीका सेक्रेटरी शिवले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार