अनुशासनको डण्डा चलाउँदै विप्लव,विचलनकारीको आरोपमा शिलु जिम्मेवारीबाट मुक्त

डेली न्युजराप्ती       २ असार २०८३ १७:१४ मा प्रकाशित     32 No Comments

दाङ, असार १ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले सचिवालय सदस्य कमरेड सिलुलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ।
पार्टीका महासचिव विप्लव सीद्वारा जारी वक्तव्यअनुसार जेठ ३१ गतेदेखि असार १ गतेसम्म बसेको केन्द्रीय सचिवालय बैठकले राजनीतिक, संगठन, संघर्ष र प्रकाशनका विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। सोही बैठकले संगठनात्मक क्षेत्रबारे छलफल गर्ने क्रममा कमरेड सिलुको गतिविधिबारे समीक्षा गर्दै उक्त निर्णय गरेको हो।
वक्तव्यमा केन्द्रीय समिति बैठकपछि महासचिवसँग गम्भीर छलफल हुँदा कमरेड सिलुले पार्टीको विचार, नीति र निर्णयविरुद्ध निरन्तर विचलनकारी तथा पतनवादी गुटबन्दी गर्दै आएको निष्कर्ष निकालिएको उल्लेख छ। साथै पार्टी कार्यदिशा, नेतृत्व र जनक्रान्ति विरुद्ध भड्काउ गतिविधि सञ्चालन गरेको आरोप समेत लगाइएको छ।
यिनै कारणले कमरेड सिलुलाई पार्टीको केन्द्रीय समिति लगायत सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय सचिवालय बैठकले गरेको वक्तव्यमा जनाइएको छ।
पार्टीले उक्त निर्णयलाई संगठनात्मक अनुशासन, वैचारिक स्पष्टता र पार्टीको एकता सुदृढीकरणका लागि आवश्यक कदमका रूपमा प्रस्तुत गरेको छ। वक्तव्यको अन्त्यमा पार्टीले आफ्ना नीति, विचार र निर्णयप्रति प्रतिबद्ध रहँदै संगठनलाई थप सुदृढ बनाउने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार