तुलसीपुर-९ का स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार इश्वरी पाण्डेको पक्षमा जनलहर बढ्दो

डेली न्युजराप्ती       २२ बैशाख २०७९ २२:०७ मा प्रकाशित     291 No Comments


तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं.९ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद पाण्डेको पक्षमा चुनावी माहोल तातिएको छ।
पाण्डे तुलसीपुरका एक परिचीत व्यक्ती हुन। निष्ठा,त्याग र समर्पणको लामो राजनीतिक यात्रा गरेका पाण्डेले वडा नं.९मा स्वतन्त्र वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन।

बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा पाण्डेले तुलसीपुर-९ बाट स्वतन्त्र वडा अध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनको महासंग्राममा होमिएका हुन।
चुनावी प्रचारप्रसार अभियान अन्तर्गत इश्वरी पाण्डे यतिबेला घरदैलो कार्यक्रममा व्यस्त छन। उनी वडाका विभिन्न ठाउमा पुगेर मतदातासंग मतदानको अपिल गरिरहेका छन।
उनको चुनावी अभियानमा जनताको जनलहर बढ्दो छ। उनी जहाजहा पुग्छन त्यहा जनताको सकारात्मक प्रतिक्रिया पाइरहेका छन।

चुनावी प्रचारप्रसार अभियान केन्द्रित हुँदै न्युजराप्तीसंग कुरा गर्दै उनले भने– ‘म जहाजहा पुगेको छु स्वतन्त्र जनपक्षीय उम्मेदवार प्रती जनताको उत्साह छ भने अन्य दलहरुप्रती जनता आक्रोशित छन। पटकपटक मतदान गरेको तर कुनैपनि दलले जनता र राष्ट्रप्रती उत्तरदायी नभएको आम मतदाताको धारणा रहेको छ। एसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको प्यानलले अत्याधिक मत सहित बिजयी हुन्छ।’
पाण्डेले बिजयी भएमा भ्रष्टाचारको विरुद्ध शुन्य सहनसिलता अपनाउदै वडाको समग्र विकासका लागि प्रतिबद्ध रहने समेत बताए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार