आमसभालाई सम्बोधन गर्न अध्यक्ष केसि दाङ आउने

डेली न्युजराप्ती       २८ चैत्र २०७८ ११:३३ मा प्रकाशित     442 No Comments


भालुवाङ। राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बैशाख ३ गते देउखुरी आउन लाग्नु भएकाे छ । आसन्न बैशाख ३० गते हुन गईरहेकाे स्थानीयतहकाे निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशकाे राजधानी समेत रहेकाे दाङ-देउखुरीकाे राप्ती गाउँपालिका-२, लालमटिया बजारमा आयाेजित चुनावी आमसभालाई सम्बाेधन गर्न पार्टी अध्यक्ष केसी देउखुरी आउन लाग्नु भएकाे हाे ।

राष्ट्रिय जनमाेर्चा राप्ती गाउँपालिका कमिटीकाे आयाेजनामा हुन गईरहेकाे चुनावी आमसभालाई पार्टी अध्यक्ष केसी संगै पार्टीका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली र केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा लगायतका केन्द्रीय नेताहरूले बिशेष सम्बाेधन गर्ने कार्यक्रम रहेकाे पार्टीका दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

पार्टी अध्यक्ष नै देउखुरी आउने भएपछि राजमाे राप्तीले कार्यक्रमकाे तयारी तीब्र पारेकाे छ । उक्त कार्यक्रमका लागि प्रचार-प्रसार तथा व्यवस्थापनका लागि समेत जिम्मेवारी नै बाँडफाँड गरेर कार्यक्रम तयारीमा जुटेका जिल्ला अध्यक्ष आचार्यले जानकारी दिए । आमसभामा हजाराैँकाे संख्यामा पार्टीका नेता, कार्यकर्ताहरूलाई सहभागी गराइने र सयाैँकाे संख्यामा पार्टी प्रवेश समेत गराउने कार्यक्रम रहेकाे जिल्ला अध्यक्ष आचार्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार