नेकपाका कार्यकर्ताले दाङको एक बिधालयमा मेटिएको साइनबोर्ड पुनः लेखिदिएपछी चौतर्फी प्रशंसा

डेली न्युजराप्ती       १८ पुष २०७९ २३:४९ मा प्रकाशित     226 No Comments

पौष १८ , दाङ । विप्लव नेतृत्वको नेकपा दाङले जिल्लाको एक बिधालयमा मेटिएको साइनबोर्ड पुनः लेखिदिएपछी चौतर्फी प्रशंसा भएको छ ।

तुलसीपुर – १ छोटे स्थित श्री श्रीजनसिल आधाभुत विधालयको धेरै पुरानो भएर बिधालयको नाम लेखिएको मेटिएपछी नेकपा दाङका कार्यकर्ताहरुले पुनः लेखिदिएका छन ।

नेकपा दाङका जिल्ला कमिटी सदस्य द्वय बिजय सी र प्रतिरोध सीले उक्त बिधालयमा पुरानो भएर मेटिएको लेखन कार्यलाइ निशुल्क लेखेर सहयोग गरेका हुन ।

नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज समेत रहेका बिजय सीले भने – ‘हामी अभियानको क्रममा जनताको बिचमा गइरहेका थियौं त्यही बेला बिधालयतिर नजर गयो । बिधालयमा बिधालयको नाम समेत स्पष्ट थिएन , सबै पुरानो भइसकेको थियो । त्यसपछी हामिले बिधालयको नाम लेख्यौ र अरु थुप्रै सुचनामुलक/सन्देशमुलक बिसयबस्तु पनि लेखिदिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार