जेठ २४ , तुलसीपुर । विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटी अन्तर्गत ३ र ४ नं.वडाको बैठक सकिएको छ ।
बिहीवार सम्पन्न वडा कमिटीको संयुक्त बैठकले वामपंथी एवम सच्चा कम्युनिस्टहरुको एकता र ध्रुबिकरणलाई जोड दिने निर्णय गरेको छ ।
बैठकले नेपालमा समाजवाद चाहने शक्तीसंग सहकार्य गर्ने निर्णय समेत गरेको छ ।
यस्तै पार्टीको तेस्रो आवधिक योजना अन्तर्गतको उक्त बैठकले सामाजिक विभेद , कालोबजारी , भ्रष्टाचार , अनियमितता विरुद्ध संघर्ष गर्ने , किसानलाई सहज रुपमा मल ,बिउबिजन उपलब्ध गराउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराउने , वडा कमिटी तथा सेल कमिटीहरु गठन/पुनर्गठन गर्ने , टोलटोलमा संगठन सुदृढीकरण एवम विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) परित्याग गरि दुई नेताकार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।
माओवादी केन्द्रका कुमार परियार र धनराज परियारले माओवादी केन्द्र परित्यागको घोषणा गर्दै नेकपामा समाहित भएको जानकारी दिएका हुन् ।
माओवादी केन्द्रबाट पार्टीमा समाहित भएकालाई पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सीले स-सम्मान स्वागत गरेका थिए भने उहाँहरुको क्षमता र आवश्यकतालाई ध्यान दिएर उपयुक्त जिम्मेवारी दिइने नेता पाटनको प्रतिबद्धता थियो।
तेस्रो आवधिक योजनाको प्रथम पुर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ क्षेत्र नं.२ इन्चार्ज पाटन जंगली सीको प्रमुख आतिथ्यता थियो भने नेकपा घोराहीका इन्चार्ज विकाश सी , नेकपा घोराहीका सेक्रेटरी महान सी , पार्टीका जिल्ला सदस्य चुलुवा सी लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकलाई सम्बोधन गर्दै नेता पाटनले सबैखाले संकटको समाधान नेकपाले मात्रै दिनसक्ने जिकिर गर्नुभयो ।
अहिलेको संकटको मुख्य कारण संसदीय व्यवस्था भएकाले यसको विकल्प नेकपाले अघि सारेको नेपाली बिशेषताको समाजवादले मात्रै दिन सक्ने नेता पाटनको जिकिर थियो ।
यस्तै बैठकमा बोल्दै नेकपा घोराहीका इन्चार्ज विकाश सीले पार्टीले समाजवादका निम्ति सबै उपायहरु प्रयोग गरिरहेकाले कोहिकतै भ्रमित नहुन आग्रह गर्नुभयो ।
यस्तै बैठकमा बोल्दै नेता महानले पार्टीको केन्द्रीय समितीको बैठकले गरेका निर्णयहरु वडामा कडाइपुर्वक लागू गर्न सके जनताको ठुलो हिस्सालाई पार्टीमा गोलबन्द गर्न सकिने बताउनुभयो ।
स्मरण रहोस नेकपाको नवौं केन्द्रीय समितिको पाँचौ पुर्ण बैठकले आगामी ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर समाजवादी अभियानको रुपमा प्रयोग गर्ने निर्णय समेत गरिसकेको छ भने समाजवादका बृहत् कम्युनिस्ट एकता एवम माओवादीहरू बिचको एकता गर्ने निर्णयपनि गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.