युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा

डेली न्युजराप्ती       २४ श्रावण २०७९ २०:०६ मा प्रकाशित     891 No Comments


साउन २३,तुलसीपुर। युवा संगठन नेपाल दाङको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ। नेकपाको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्लाको प्रथम जिल्ला भेलाको तयारी पूरा भएको हो।

साउन २५ गते घोराहिमा सम्पन्न हुन गइरहेको भेलाको सम्पुर्ण तयारी पूरा भएको संगठनका संयोजक सुदर्शनले बताए। संयोजक सुदर्शनले डेलिन्युजराप्तीसंग कुरा गर्दै भने– ‘हामि भेलाको अन्तिम तयारीमा जुटेका छौं। लगभग हामिले सबैखाले तयारी पूरा गरेका छौं। २५ गते घोराहीमा हामिले भेला गर्दैछौं।’

यहि साउन २५ गते घोराहीमा हुन गइरहेको प्रथम जिल्ला भेलाले नया नेतृत्व समेत चयन गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार