ओली–लेखक पक्राउविरुद्ध देशभर विरोध, कानुनी लडाइँदेखि सडक आन्दोलनसम्म

डेली न्युजराप्ती       १५ चैत्र २०८२ १४:५१ मा प्रकाशित     70 No Comments

चैत १५,दाङ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि देशको राजनीति तरङ्गित बनेको छ ।
पक्राउको विरोधमा राजनीतिक दल, भातृ संगठन, कानुन व्यवसायी तथा नागरिक तहबाट विभिन्न गतिविधि तीव्र भएका छन् ।
सरकारले ‘जेन–जी आन्दोलन’ सम्बन्धी छानबिनका लागि गठित आयोगको सिफारिस कार्यान्वयन गर्दै शनिबार बिहान दुवै नेतालाई पक्राउ गरेको हो ।

कानुनी लडाइँ सुरु
पक्राउविरुद्ध कानुनी लडाइँ सुरु गर्ने तयारी भएको छ । वरिष्ठ अधिवक्ताहरूले बन्दीप्रत्यक्षीकरण रिट लिएर सर्वोच्च अदालत जाने बताएका छन् । ओलीले समेत कानुनी रूपमा मुद्दा लड्ने तयारी गर्न निर्देशन दिएको जनाइएको छ ।

एमालेको कडा प्रतिक्रिया
नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पक्राउलाई “गैरकानुनी, प्रतिशोधपूर्ण र पूर्वाग्रही” भन्दै कडा विरोध जनाएको छ । पार्टी सचिवालय बैठकले देशभर विरोध प्रदर्शन गर्ने , प्रमुख जिल्ला अधिकारीमार्फत विरोधपत्र बुझाउनेब, कानुनी तथा राजनीतिक प्रतिवाद गर्ने
जस्ता कार्यक्रम घोषणा गरेको छ ।

सडकमा प्रदर्शन
पक्राउपछि काठमाडौंसहित देशका विभिन्न स्थानमा एमाले निकट विद्यार्थी संगठन र कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । भृकुटीमण्डप लगायत क्षेत्रमा ओलीको रिहाइको माग गर्दै विरोध भएको छ ।

मिश्रित प्रतिक्रिया
घटनाप्रति देशभर मिश्रित प्रतिक्रिया देखिएको छ ।
केही राजनीतिक दल तथा संगठनहरूले पक्राउको विरोध गरेका छन् भने ‘जेन–जी मुभमेन्ट’ ले सरकारको कदमलाई समर्थन गरेको छ ।
नागरिक समाज र सर्वसाधारणबीच पनि समर्थन र विरोध दुवै प्रकारका धारणा देखिएका छन् ।

कांग्रेसको प्रतीक्षा नीति
नेपाली कांग्रेस ले भने तत्काल औपचारिक धारणा सार्वजनिक नगरी घटनाबारे समीक्षा गरेर मात्रै निर्णय गर्ने बताएको छ ।

अदालत प्रक्रिया अघि बढ्ने
प्रहरीले दुवै नेतालाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउने तयारी गरेको छ । अदालत बिदा भएकाले आइतबार मात्रै अदालतमा पेश गरिने जनाइएको छ ।

ओली र लेखकको पक्राउपछि नेपालमा राजनीतिक तनाव तीव्र बनेको छ । एकातिर कानुनी लडाइँ सुरु भएको छ भने अर्कोतिर सडक आन्दोलन पनि चर्किँदै गएको छ । अब यो प्रकरण अदालत, राजनीति र आन्दोलन—तीनै मोर्चामा कसरी अघि बढ्छ भन्ने चासो बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार