घोराही, १६ पुस । विप्लव निकट अखिल (क्रान्तिकारी) दाङले सञ्जिवनी कलेजमा माग पत्र बुझाएको छ । अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष अम्मर खड्काले बिहीबार एक विज्ञप्ति जारी गर्दै कलेजमा रहेका विद्यार्थीहरुका समस्यालाई मध्यनजर गर्दै संगठनले ६ बुदे माग पत्र बुझाएको जनाकारी दिएका छन् ।
संगठनले सिटिइभिटीले जानकारी गरे बमोजिम बन्दाबन्दी अबधिको शुल्कमा १५% छुट अनिवार्य लागू गर्नुपर्ने, एचए तेस्रो बर्षका विद्यार्थीलाई प्रयोगात्मक सिकाईका लागि तत्काल हस्पिटलको ब्यबस्था गर्ने, आधुनिक बिज्ञान प्रबिधिको युगमा समय सापेक्षित दक्ष,अनुभवी शिक्षकको ब्यबस्थापन गर्ने, कक्षा संचालन नहुदै लिएको होस्टेल शुल्क फिर्ता गर्ने, आबस्यक भौतिक संरचना तत्काल निर्माण गर्ने र बढि लगेको धरौटी शुल्क फिर्ता गर्नुपर्ने मागहरु कलेजमा बुझाएको थियो ।
सोही मागलाई तत्काल मध्यनजर गर्दै विद्यार्थी, अभिभावक, क्याम्पस प्रशासन, संचालक समिति, संगठनको संयुक्त रुपमा भएको छलफलले विद्यार्थीहरुका जयाज मागहरु पुरा गर्ने निर्णय गरिएको छ । संयुक्त रुपमा चलेको छलफलले यही पुस २५ गतेसम्म विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा पठाइसक्नुपर्ने, बन्दाबन्दी अबधिको शुल्कमा १५% छुट दिने तथा क्याम्पसको आधाभूत क्षेत्रका भौतिक तयारी गर्ने लगायतको निर्णय समेत गरिएको पनि जनाइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.