अखिल (क्रान्तिकारी) रुकुम पश्चिम् डि वान जिल्लाको अध्यक्षमा राकेश सी

डेली न्युजराप्ती       ४ पुष २०८० ०८:४२ मा प्रकाशित     321 No Comments

पौष ४ , दाङ । नेकपा निकट अखिल (क्रान्तिकारी) रुकुम पश्चिम डि वान जिल्लाको २९औ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मङ्गलबार सम्पन्न भएको सम्मेलनले राकेश सीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा पुर्ण सी , सचीवमा रिया सी , सह-सचीवमा अमृत सी , कोषाध्यक्षमा कृष्ण सी रहेका छन् ।

२९औ जिल्ला सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेकपाका जिल्ला सचीव हरि सीले युवा बिद्यार्थीहरुले अब दलाल पुजीवादी व्यवस्थाका विरुद्ध संघर्ष गर्नुपर्ने बताए ।

उनले संगठनको आसन्न राष्ट्रिय सम्मेलन केन्द्रित अभियान बनाएर जिल्लामा कामकाजलाई केन्द्रित गर्न समेत निर्देशन दिएका थिए ।

सम्मेलनमा पार्टी , जवस/ मोर्चाका जिम्मेवार नेताहरूको आतिथ्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार