हेमन्त प्रकाश ओली ।
जेठ १ , तुलसीपुर । गुरुजजुर उच्च मावी रक्षाचौरका बिधालय व्यवस्थापन समितिका अध्यक्ष लोकमणी पोख्रेलले बिधालयमा अध्यापन गराउने दुई शिक्षकला कुटपिट गरेका छन् ।
विव्यस अध्यक्ष पोख्रेलले आज सोमबार बिधालय अध्यापन गराइरहेका शिक्षक द्व्य प्रमोद आचार्य र झक्कु प्रसाद केसिलाई कुटपिट गरेका हुन् ।
बिधालयको बार्षिक कार्यक्रम सहितको २०८० सालको क्यालेन्डर शिक्षक द्वय प्रमोद आचार्य र झक्कु प्रसाद केसिले च्यातेपछी आफुले हातपात गरेको स्विकार गरेका छन् ।
अध्यक्ष पोख्रेलले डेलिन्युजराप्ती संग कुरा गर्दै भने – ‘बिधालयको बार्षिक कार्यक्रम सहित एउटा क्यालेन्डरलाई ४५ रुपैया पर्छ । उहाँहरुले बिधालयको सम्पत्ती नष्ट गर्नुभएको छ । मैले हातपात गरेकै हुँ । बिधालयको सम्पत्ति गर्ने हेतुले हातपात गरेकै हुँ । बिधालयको सम्पत्ती नष्ट गरे बापत आक्रोशमा परेर हातपात गरे ।’
व्यव्यस अध्यक्ष पोख्रेल शिक्षक प्रमोद आचार्यलाई हातपात गरि अर्का शिक्षक झक्कु प्रसाद केसिलाइ बिधालयको चौरभरी आक्रमण गर्न लखेटिरहेका थिए ।
घटनाको बारेमा डेलिन्युजराप्तीसंग कुरा गर्दै शिक्षक प्रमोद आचार्यले भने – ‘म वरियताक्रममा दुई नम्बरमा हुनुपर्छ । बिधालयको २०८० सालको पात्रोमा बरियताक्रममा ४ नम्बरमा परेपछी एउटा क्यालेन्डर च्यातेको हुँ । बिरोध स्वरुओ एउटा क्यालेन्डर च्यातेको हुँ ।’
अर्का शिक्षक झक्कु प्रसाद केसिले भने – ‘प्रमोद सरलाइ कुटपिट गरि ढुंगामुढा गरेपछी म भागेको हुँ । फलामको रडले प्रहार गर्न खोजेपछी सुरक्षीत हुन भागेको हुँ । नमुना मावीका विव्यसका अध्यक्षले गुण्डागर्दी शैलिमा आक्रमण गर्नु अपराध हो । उहाँले हात , खुट्टा र कुर्सीले प्रहार गर्नुभयो । हामिले बिरोध स्वरुप १/२ वटा क्यालेन्डर च्यातेका हौं । छात्रावासमा बालिका बलात्कार भएको घटना समेत अध्यक्षले रातारात मिलाएका हुन् । यीनिहरुलाई हत्कडी लाउनुपर्छ ।’
घटनाको बिसयमा कुरा गर्दै बिधालयकि प्रअ बिष्णुकुमारी खत्रीले भनिन् – ‘यो इतिहासमै बिधालयमा घटेको पहिलो घटना हो । यो घटना राम्रो भएन । सवैसंग सरसल्लाह गरेर कार्वाही अघि बढाउछु ।’
गुरुजजुर उच्च मावी रक्षाचौरका शिक्षक – अभिभावक संघका अध्यक्ष इश्वरी प्रसाद गैरेले व्यक्तीलाई भौतिक आक्रमण गरेर बिधालय सम्पत्ती संरक्षण नहुने बताए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.