कपिलवस्तु। नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र राष्ट्रिय एकता अभियानका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज राधेश्याम गुप्ता बीच भेटवार्ता भएको छ। मुलुकको समसामयीक परिस्थिति, कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरणका बिषयमा भेटवार्ताका क्रममा कुराकानी भएको हो।
देशको अर्थिक, सामाजिक, राजनीतिक संकट, बढ्दो बाह्य हस्तक्षेपबाट निकासका लागि कम्युनिस्ट, देशभक्त र सच्चा लोकतान्त्रिक शक्तिहरु बिच एकता, सहकार्य र मोर्चा निर्माणको आवश्यकता परिरहेको वेला महासचिव विप्लव र गुप्ताबिच भेटवार्ता भएको हो।
भेटवार्ताको क्रममा मुलुकको समसामयिक स्थितिका साथै कम्युनिस्ट आन्दोलनका साझा बिषयमा सहकार्य गर्दै जाने र एकता र ध्रुविकरणलाई थप उचाइमा उठाउन अन्तरकृया, छलफल र बिचारधारात्मक बहसलाई निरन्तरता दिनेबारे कुराकानी भएको बुझिएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.