डेलिन्युजराप्ती संवाददाता ।
भदौ ३० , तुलसीपुर । दाङको तुलसीपुर र घोराहीमा नेत्रविक्रम विप्लव सी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले बृक्षारोपण गरेको छ ।
संगठनको केन्द्रीय कार्यक्रम अन्तर्गत घोराहीको धान उत्पादन केन्द्र परिसर (सी बहुउद्देशीय कृषि फर्म) र तुलसीपुरको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था परिसरमा बृक्षारोपण गरिएको संगठनले जनाएको छ ।
पुरानो परम्परामा आज तिज बिशेष कार्यक्रम गर्ने प्रचलनको विकल्पमा संगठनले देशव्यापी बृक्षारोपण गर्ने कार्यक्रम लिएको संगठनका राप्ती ब्युरो इन्चार्ज जिवनी सीले जानकारी दिनुभयो ।
संगठनले चिउरी , कटहर , आँप , लिची लगाएतका बिरुवाहरु रोपेको जनाएको छ ।
घोराहीको बृक्षारोपण कार्यक्रमको नेतृत्व युवा संगठन नेपाल पुर्वी दाङका अध्यक्ष पदम सीले गर्नुभएको थियो भने तुलसीपुरमा गरिएको बृक्षारोपणको नेतृत्व संगठनका राप्ती व्युरो इन्चार्ज जिवनी सीले गर्नुभएको हो ।
यस्तै संगठनले जिल्लामा देखिएका तमाम खाले विकृती , विसंगती , भ्रष्टाचार , अनियमितता , कमिसनखोरका विरुद्ध पनि संघर्षलाई चर्काउने चेतावनी दिएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2023 शहिद महान स्मृति संचार गृह प्रा.ली.