काठमाडौं । आइ.सी.सी. यू–१९ टी–ट्वान्टी महिला विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलिया सँग खेल्दै छ ।
मलेसियाको बाङ्गी स्थित यू.के.एम. क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार मध्यान्ह सवा १२ बजे देखि खेल शुुरू हुनेछ । नेपालको महिला टोलीले कुनै पनि फम्र्याट वा उमेर समूहमा अस्ट्रेलिया सँग खेल्न लागेको यो पहिलो पटक हो ।
नेपालले यसअघि लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल स्कटल्यान्ड सँग एक विकेटले पराजित भयो । नेपाललाई सुपर सिक्स पुग्न आजको खेल जित्नै पर्ने हुन्छ । तर, अस्ट्रेलिया जस्तो बलियो टोलीलाई हराउन नेपाललाई कठिन पर्ने देखिन्छ । यसअघिको खेलमा अस्ट्रेलिया सँग हारेको स्कटल्यान्डले भने यो जीत सँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।
समुह डीमा अस्ट्रेलिया दुइ खेल बाट चार अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । दुई अंकका साथ बंगलादेश दोस्रो र समान अंक बनाएको स्कटल्यान्ड तेस्रो स्थानमा छ । अंकविहिन नेपाल चौथो स्थानमा छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.