अखिल(क्रान्तिकारी)द्वारा देशव्यापी इन्धन मूल्यवृद्धि विरुद्ध आक्रामक प्रदर्शन

डेली न्युजराप्ती       ६ असार २०७९ २०:५६ मा प्रकाशित     214 No Comments


६ असार, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कम्‍युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध देशव्यापी प्रदर्शन गरेको छ।

सोमबार सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरेपछी क्रान्तिकारीले काठमाडौंका विभिन्न ठाउँ लगाएत देशव्यापी प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरुले सडकमा टायर बालेर आक्रामक प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनका क्रममा काठमाडौं लगाएत देशका विभिन्न शहरमा प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ।

अखिल (क्रान्तिकारी)का अध्यक्ष प्रकाश शाहिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल,मट्टीतेल,ग्याँस लगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार