तुलसीपुर नगर जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्ने

डेली न्युजराप्ती       १० जेष्ठ २०८१ ०९:३९ मा प्रकाशित     107 No Comments

हेमन्त प्रकाश वली ।

जेठ १० , तुलसीपुर । तुलसीपुर नगर  जेसिजले सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ ।

बिहिवार तुलसीपुरको रिपोर्टस क्लबमा पत्रकार सम्मेलनको आयोजना गरि जेसिजले उक्त जानकारी दिएको हो ।

जेसिज सप्ताह २०२४ अन्तर्गतका कार्यक्रमहरुमा जेठ १२ गते उद्घाटन , ब्लड ग्रुपिङ नविकरण तथा रक्तदान कार्यक्रम, जेठ १३ गते जेसिज जुनियर स्पीच च्यामपेनसिप , जेठ १४ गते अनुचित लेनदेन सम्बन्धि कानुनी व्यवस्था , एक शिक्षा कार्यक्रमको आयोजना गरिएको जेसिजले जनाएको छ ।

यी तिनवटै कार्यक्रम जेसिज सचिवालयमा आयोजना गरिनेछ।

यस्तै जेठ १५ गते अशल अभिभावक शिक्षा कार्यक्रम बेलुका ७ बजे मट्का चिया घरमा आयोजना गरिएको छ भने जेठ १६ गते लागुऔसध तथा साइवर क्राइम सम्बन्धि सचेतना कार्यक्रम विहान ७ बजे जेसिज सचिवालयमा आयोजना गरिएको छ ।

जेसिजले जेठ १७ गते तुलसीपुरको लेजेन्ड फुटसल ग्राउन्डमा अन्तरविद्यालय फुटसल प्रतियोगिता गर्नेछ भने जेठ १९ गते सहयोग सम्मान तथा समापन कार्यक्रम गरिने जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पुर्ण विक्रम डाँगीले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पुर्ण विक्रम डाँगीले कार्यक्रमको बारेमा प्रष्ट पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जेसिजका महासचिव कमल प्रकाश शर्माले गर्नुभएको थियो ।

जेसिजले सप्ताहव्यापी कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार