विप्लवका बिद्यार्थी नेता ललितले भने ‘ भारतले नेपाली भुभाग समेटिएको नक्सा तत्काल सच्याउनुपर्छ’

डेली न्युजराप्ती       १६ जेष्ठ २०८० १९:१० मा प्रकाशित     583 No Comments

हेमन्त प्रकाश ओली ।

जेष्ठ १६ , दाङ । नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थी संगठन अनेरास्ववियु(क्रान्तिकारी)का केन्द्रीय महासचिव ललित सीले भारतले नेपाली भुभाग समेटिएको नक्सा तत्काल सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
भारतको नयाँ संसद भवनमा राखिएको नक्सामा नेपाली भुभाग कपिलवस्तु र लुम्बिनीलाई समेटिएपछि नेता ललितले तत्काल नक्सा सच्याउन आग्रह गर्नुभएको हो ।

नेता ललितले आज मंगलबार सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस लेख्दै अखण्ड भारतको नक्सामा नेपाली भुभाग समेटिएको कुरा घोर आपत्तिजनक रहेको नेपालको भुभाग नियोजित ढंगले भारतले आफ्नो नक्सामा राख्ने भारतिय साम्राज्यवादको रवैया खेदजनक समेत रहेको बताउनुभएको छ ।

नेता ललित सीले फेसबुकमा लेख्नुहुन्छ- ‘भारतले केही दिनअघि उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएको कुरा घोर आपत्तिजनक छ । हाम्रो देशको भू-भाग नियोजित ढङ्गले आफ्नो देशको नक्सामा राख्ने भारतिय साम्राज्यवादको रवैया खेदजनक छ।
तत्काल नक्सा सच्याउन भारतीय साम्राज्यवादलाई चेतावनी दिईन्छ । नेपाल सरकारलाई तत्काल यस विषयमा सत्यतथ्य छानबिन गरि यथार्थ सार्वजनिक गर्न माग गरिन्छ । भारतीय साम्राज्यवाद मुर्दावाद ।’

यस्तै भारतले केही दिनअघि उद्घाटन गरेको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सामा नेपालको कपिलवस्तु र लुम्बिनीलाई समेटिएपछि सामाजिक संजाल मार्फत भारतको व्यापक बिरोध भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार