युवा संगठन नेपाल दाङद्वारा जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षणपत्र पेश , कालोबजारी रोक्नुपर्ने माग

डेली न्युजराप्ती       १५ आश्विन २०८० १६:१० मा प्रकाशित     154 No Comments

हेमन्त प्रकाश ओली ।

असोज १५ , दाङ । नेकपा निकट युवा संगठन नेपाल दाङले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संगठनले आज सोमबार जिल्ला प्रशासन कार्यालय दाङका प्रमुखलाई ५ बुदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा संगठनले बजारमा मौलाउदै गएको महंगी , कालोबजारी , अखाद्य बस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाघेकाले त्यसको नियमन , नियन्त्रण र कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

यस्तै युवा संगठन नेपालद्वारा ७७ वटै जिल्लाका प्रशासन कार्यालयमा पेश गरिएको ५ बुदे ज्ञापनपत्रमा कृतिम अभाव सृजना गर्नेहरुलाई अध्यन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउनुपर्ने , चरम रुपमा मौलाउदै गएको महंगी नियन्त्रण गरि कार्बाही गर्नुपर्ने , अखाद्य बस्तु (म्याद सकिएका गुणस्तरहिन) हरुको बिक्रीवितरण भईरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्नुपर्ने , बस्तुको खरिद मुल्यको २० प्रतिसत मुनाफा लिन पाउने राज्यको नियम बिपरित सतप्रतिसत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रुपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्नुपर्ने , प्रशासन कार्यालयको अधिकार क्षेत्र भित्र हुने भ्रष्टाचार, कमिसन, सरकारी सम्पतिको दोहन, चोरीपैठारी, लागूऔषध कारोबार, तथा सामाजिक अपराधहरुको नियन्त्रण र कार्बाही गर्नुपर्ने माग राखिएको छ ।

यस्तै युवा संगठन नेपाल केन्द्रीय समितीले आजै काठमाडौ जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापनपत्र बुझाएको संगठनका केन्द्रीय अध्यक्ष पाटन सीले जानकारी दिनुभएको छ ।

यस्तो छ ध्यानाकर्षणपत्र पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार