नेपाल कम्युनिस्ट पार्टी दाङद्वारा भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना

डेली न्युजराप्ती       १७ श्रावण २०७८ २१:४३ मा प्रकाशित     560 No Comments


हेमन्त वली श्रावण-१७,तुलसीपुर।
नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति दाङले भोलि तुलसीपुरमा बिरोध सभाको आयोजना गरेको छ।

दार्चुला जिल्लाको व्यास गाउपालिका-२ मालघाटबाट ३५ वार्षिय नेपाली युवा जयसिंह धामी महाकाली नदि तुइनमा तरेर भारतको उत्तराखण्ड राज्य स्थित पांगल जाने क्रममा भारतिय सिमा सुरक्षा बल(SSB)ले तुइन खोलेका कारण हाल सम्म बेपत्ता भएको घटनाको बिरोधमा भोलि दिउँसो २ बजे नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी बिरोध सभाको आयोजना गरेको छ।उक्त केन्द्रीय कार्यक्रम अनुसार नेकपा दाङले पनि तुलसीपुरको बिपि चोकमा भोलि दिउँसो २ बजे बिरोध सभाको आयोजना गरेको नेपाल कम्युनिस्ट पार्टी दाङका सेक्रेटरी प्रदिपले बताए।
चरणबद्ध संघर्षका कार्यक्रम अन्तर्गत नेपाल कम्युनिस्ट पार्टीले श्रावन १६ गते जिल्लाको घोराही नगरमा बिरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार