जेठ २५,तुलसीपुर। नेकपा निकट अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी) जिल्ला समिती दाङले खाद मल अभावका विरुद्ध प्रदर्शन गरेको छ।
महासंघले खाद/मल,बिउको सहज आपूर्तिको माग गर्दै जिल्लाव्यापी प्रदर्शन सहित कोणसभा गरेको जनाएको छ।
दाङको तुलसीपुरमा भएको बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सचिव डिल्ली वलीले किसानहरु उत्पादनका लागि खेतबारीमा हुँदा राज्यले मल,खाद बीउ उपलब्ध गराउन नसकेको बताए। नेता वलीले राज्यले कृत्रिम अभाव सिर्जना गरेर किसानहरुलाइ मल,खाद उपलब्ध नगराएको समेत स्पष्ट पारेका थिए।
उनले भने– ‘कृषिप्रधान देशलाई समयमा मल,खाद उपलब्ध नगराउने,कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने किसानमारा नितिका विरुद्धमा आन्दोलन शसक्त बनाउछौ।’
बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै अर्का वक्ता युवा संगठन नेपालका केन्द्रीय सदस्य मनोज परियारले मल,खादको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाइ संगठनले शसक्त कार्वाही गर्ने उद्घोष गरे। नेता परियारले भने– ‘मल खादको कालोबजारी कसैले गर्छ भने संगठनलाई जानकारी गर्नुस जनकारबाही गर्छौं।’
शान्तिपुर्ण ढंगले राज्यलाई किसानहरुलाइ सहज र सरल ढंगले मल,खाद उपलब्ध गराउन र कालोबजारी नियन्त्रण गर्न माग गरि गरिएको प्रदर्शनलाई बेवास्ता गरे कडा संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने नेता परियारको उद्घोष थियो।
बिरोध प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य संजय वलीले गरेका थिए।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.