नेकपा केन्द्रीय समिती बैठक:महासचिव विप्लवको प्रस्ताव पास, धारणा राख्ने क्रम सकियो,कार्यबिभाजन भोलि

डेली न्युजराप्ती       ७ माघ २०७९ १९:५६ मा प्रकाशित     127 No Comments

कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी नवौं केन्द्रिय समितिको तेस्रो पुर्ण बैठमा महासचिव विप्लवद्वारा पेश गरिएको दस्तावेज पास गर्दै केन्द्रिय सदस्यहरुको धारणा राख्ने क्रम आज सकिएको छ । मङ्गलबारदेखि कपिलवस्तु स्थित पार्टीको केन्द्रिय कार्यालयमा भैरहेको बैठकमा १ सय २९ जना केन्द्रिय सदस्यहरुले महासचिवको दस्तावेज र आ-आफ्नो कार्यक्षेत्रको रिपोर्ट पेश गर्दै धारणा राख्ने क्रम सकिएको हो ।

“पार्टी योजनालाई कडाइपुर्वक लागु गरौं ,एकीकृत जनक्रान्तीलाई अगाडि बढाउ ” शिर्षकको ११ पृष्ठ लामो दस्तावेजमा प्रस्तुत गरिएका आन्तरिक तथा बाह्य राजनीतिक शक्तिको बिश्लेषण , मुल्यांकन , अबको आवधिक योजनाका संगठनात्मक लक्ष्य , नेपाली क्रान्तिका भावि सम्भावना , चुनौती र पार्टी कार्यभारबारे बैठकमा सहभागी केन्द्रिय सदस्यहरुले धारणा राखेका छ्न भने महासचिव विप्लवले केन्द्रिय सदस्यहरुका जिज्ञासा , सुझाव र योजनाको उचाइ बारे प्रशिक्षण गर्दै भोलि बिहान ८:३० बजेका सम्मका लागि बैठक स्थगित गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिको जारी बैठकमा धारणा राख्ने केन्द्रिय सदस्यहरुमा- सुमन सी ,समर सी ,प्रयास सी , आरोह सी , दिनेश सी , तुलसिनारायण सी , धुर्व सी , प्रकाश सी , नविल सी , अर्जुन सी , सम्झना सी , विवेक सी , उषा सी , भृकुटी सी , बिमल सी , सबिन सी , सबिता सी ,कपिल सी , शुशिला सी , अशिना सी , सुदर्शन सी , पौरख सी , नरेन्द्र सी , बिक्रम सी, सरिता सी , जोखिम सी , मनिराज सी , ज्ञानु सी , राजकुमारी सी , बिजय सी , शैलेश सी , देव सी , सङ्गित सी , एण्डिज सी , रामलाल सी , प्रकाश सी , बिबेक सी , वाटर सी , आजादसेन सी , प्रदिप सी ,भरत सी ,मौसम सी , बिमल सी , निङ्मा सी , चिरञ्जीवी सी , त्रिलोचन सी ,पाटन सी, कमल सी , प्रशान्त सी ,सञ्जीव सी , मानव सी , जागृति सी , प्रभाजित सी , गोपाल सी , रणदिप सी , दर्शन सी , पवन सी , बिजय सी , उत्सव सी , कमल सी , अर्जुन सी , जुझारु सी , उभार सी , हिमशिखर सी , सिङ्घम सी , समाज सी , अजय सी , बिराट सी , सङ्गम सी , भगत सिंह सी , सङ्गम सी , विकिरण सी , अडिग सी , बिनोद सी , शरद सी , बिश्वास सी , चन्द्र सी , बिबस सी , बिराट सी , निशान सी , अबिचल सी , पुष्प सी , हेमन्त सी , धिरज सी , सशी सी , विपिन सी , आक्रोश सी , सुनिल सी , संघर्ष सी , आमुल सी , बलवान सी , कमल सी , बिकल्प सी र शुशिल सी रहेका छन ।

यस्तै बैठकमा २९ सदस्यीय पोलिटब्युरो सदस्यहरुले गत २९ गतेबाट शुरु भएको बैठकमा धारणा राखिसकेका थिए भने स्थायी कमिटी सदस्यहरु भरत सी , शिलु सी , गोकुल सी , बिषम सी , प्रकाण्ड सी र महासचिव विप्लवले पार्टी कार्यभार र आगामी योजनावारे प्रशिक्षण मन्तव्य गरेको जानकारी श्रोताले दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समिति बैठकमा धारणा राख्ने र महासचिव विप्लद्वारा प्रस्तुत दस्तावेज पास गर्ने क्रम सकिए पनि केन्द्रिय सदस्यहरूको कार्य बिभाजन र केन्द्रिय बिभागहरुको निर्माण लगाएतका निर्णय गर्न भोलि पुनः बैठक अगाडी बढ्ने कुरा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार