बैशाख ३० , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले भ्रष्टाचार उत्पादन गर्ने संसदीय व्यवस्थाको कारखाना नै ध्वस्त पारिदिनुपर्ने अभिव्यक्ती दिनुभएको छ ।
आज शनिबार तुलसीपुरमा पार्टीको सहायक संगठन युवा संगठन नेपाल पश्चिम दाङको छैठौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता सविनले उक्त धारणा व्यक्त गर्नुभएको हो।
युवा संगठन नेपाल पश्चिम दाङको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – ‘कोरोनाको बेलामा औसधि र कात्रोमा समेत भ्रष्टाचार गर्ने यो व्यवस्था संसदीय व्यवस्था हो । त्यसैले हामिले के भनिरहेका छौँ भने भ्रष्टाचारको कारखाना यो व्यवस्थालाई ध्वस्त पारिदिनुपर्छ । शान्तिपुर्ण ढंगले भनेका छौँ यो कारखाना बन्द गर्नुस होइन भने हामी यो कारखाना ध्वस्त पारिदिन्छौ । यो कारखाना भत्काउन एकीकृत जनक्रान्तिको हतियार प्रयोग हुन्छ । यो कारखाना भत्काएर यसको ठाउमा वैज्ञानिक समाजवाद ल्याउनुपर्छ । वैज्ञानिक समाजवादमा शिक्षा , स्वास्थ्य , रोजगार , गाँस , बास , कपास लगाएत जनताका आधारभुत आवश्यकताको ग्यारेन्टी राज्यले गर्छ । वैज्ञानिक समाजवादमा कोहि धनी कोहि गरिव हुनुपर्दैन । यो व्यवस्था मानव सभ्यताको उत्कृष्ट व्यवस्था हो ।’
एक अर्को प्रसंगमा बोल्दै नेता सविनले नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिका जोडिएको खुलासा गर्नुभएको हो । उहाँले भन्नुभयो ‘संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धि नियमले नेपालको नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणको फाइल अगाडि बढाएको छ । यदि त्यो प्रमाणित भएमा संसदवादीहरु अन्तर्राष्ट्रिय अदालतमा उभिनुपर्ने भएकाले अहिले यो प्रकरणमा सत्ताले केही गर्नैपर्ने बाध्यता आइलागेको हो ।’
यो घोटालाले अन्तर्राष्ट्रिय जगतमा नेपाली छवि नराम्रोसंग बिगारेको उहाँको चिन्ता थियो ।
एक फरक प्रसंगमा बोल्दै नेता सविनले महान जनयुद्धलाई सबै युवाहरुले पढ्नुपर्ने बताउनुभएको थियो । नेपालको महान दसबर्से महान जनयुद्धलाई सबैले अध्यन गर्नुपर्छ , ‘नेपालको सामन्ती सत्तालाइ विघटन गर्ने जनयुद्धलाई अपराधीकरण गर्न खोजिएको छ । जनयुद्ध एकचोटि सबै युवाले पढ्नैपर्ने हुन्छ । जनयुद्द सामान्य क्रान्ती थिएन त्यो नेपालको सामन्ती सत्तालाइ धुलोमा मिल्काउने गौरवपुर्ण इतिहास हो ।’
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.