युवा संगठन नेपालद्वारा देशभरका सिडियो कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पेश

डेली न्युजराप्ती       २२ असार २०७९ १८:५३ मा प्रकाशित     499 No Comments


असार २२,दाङ। नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाको सहायक संगठन युवा संगठन नेपालले संगठनका केन्द्रीय नेता गिरफ्तारी विरुद्ध आज देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

संगठनले आज दाङ सहित देशभरका जिल्ला प्रशासन कार्यालय मार्फत संगठनका केन्द्रीय उपाध्यक्ष क.दिनेश,क.जय सिंह सुनुवार र क.पवन बिष्ट राजनीतिक कामको सिलसिलामा कैलाली जिल्लाको टिकापुरमा रहेको र सोही क्रममा कैलाली जिल्ला प्रहरीले टिकापुरबाट २०७९ असार १९ गते बिनाकारण गिरफ्तार गरि झुठा मुद्दा लगाएकाले निसर्त सिघ्र रिहाई माग गरेको छ। साथै ध्यानाकर्षण पत्रमा सरकार र नेपाल कम्युनिस्ट पार्टी बिच भएको तीन बुदे सहमतीलाई कार्यान्वयन गर्नु पहिलो दायित्व राज्यको भएको हुँदा राज्य जिम्मेवार हुन र सहमती कार्यान्वयन गर्न विशेष ध्यानाकर्षण गराइएको छ।

युवा संगठन,नेपालले गिरफ्तारी विरुद्ध भोलि २०७९ असार २३ गते कैलाली जिल्ला प्रसासन कार्यालयमा एक घण्टा धर्ना कार्यक्रम गर्ने र थप संघर्षका कार्यक्रमहरु गर्दै जाने संगठनद्वारा हिजो असार २१ गते जारी बिज्ञप्तिमा प्रष्ट पारिएको थियो।

असार १९ गते कैलाली जिल्ला प्रहरीले युवा संगठन नेपालका केन्द्रिय उपाध्यक्ष क. दिनेश, नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला कमिटी सदस्य क. जय सिङ सुनुवार र पवन बिष्टलाई गिरफ्तार गरि झुट्टा मुद्धा लगाएको छ।

ध्यानाकर्षण पत्रको पुर्णपाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार