तुलसीपुर,। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)दाङको अध्यक्षमा मधुसुदन केसी निर्वाचित भएका छन । घोराहीमा भएको पन्ध्रौँ अधिवेशनबाट केसीलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । यस्तै वरिष्ठ उपाध्यक्षमा बिजय जि.एम , उपाध्यक्षहरुमा राजु यादव र चक्रबहादुर रावत, सचिवमा आदीम के.सी, सह सचिवहरुमा डीआर भण्डारी र विकास रजौरे,कोषाध्यक्षमा टिम अधिकारी चयन भएका हुन।यस्तै सदस्यहरुमा विष्णुमणि देवकोटा, विमल अधिकारी , विजय गौतम, निमानन्द गैरे, विलोचन चौधरी, पुस्करदेव चौधरी, शर्मिला योगी, हरि वली, पार्वती भुसाल र कृष्णदेव पोख्रेल चयन भएका हुन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2024 शहिद महान स्मृति संचार गृह प्रा.ली.