खानेपानीका उपभोक्ताहरुद्वारा तुलसीपुर उपमहानगरपालिकामा धर्ना,छानवीनका लागि ५ सदस्यीय कार्यदल गठन!

डेली न्युजराप्ती       ८ असार २०८० १८:४४ मा प्रकाशित     229 No Comments

जेष्ठ ८ , तुलसीपुर । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तुलसीपुर ९ नमुनानगरका उपभोक्ताहरुले तुलसीपुर उपमहानगरपालिकाको गेटमा धर्ना दिएका छन् ।
खानेपानी संस्थाका तुलसीपुर ३ , ८ र ९ का उपभोक्ताहरुले आज बिरोध र्यालीसहित उपमहानगरको गेटभित्र धर्ना तथा नाराजुलुस गरेका हुन् ।

खानेपानी संस्थाका अध्यक्ष चन्द्रकान्त शर्मा खरेल , सचिव दशरथ वली र कोषाध्यक्ष केशब वलीले संस्थाको खातबाट आफुखुसी मनोमानी ढंगले लाखौं रकम अनियमितता गरेपछी आन्दोलित बनेका उपभोक्ताहरुले बुधबार खानेपानी संस्थामा तालाबन्दी गरेका थिए ।

आज शुक्रबार आन्दोलित उपभोक्ताहरुले स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकामा बिरोध र्याली गरेका हुन् । उनिहरुले उपमहानगरपालिकामा नाराजुलुस गर्दै खानेपानीमा भएको आर्थिक अनियमितता छानविन गर , असक्षम कार्यसमिति निलम्बन गर लगाएतका नाराहरु लगाएतका थिए ।

यस्तै उपभोक्ताहरुको बिरोध र्यालीमा बोल्दै तुलसीपुर -११ का वडा अध्यक्ष मान वहादुर रावतले उपभोक्ताहरुका माग सम्बोधनका लागि कार्यपालिकाको बैठकमा यो मुद्दा  एजेन्डाका रुपमा लिएको बताए । उनले यहीँ १० गतेपछि छानविन समिती वनाएर संस्थामा आर्थिक अनियमितता भए-नभएको सत्यतथ्य छानविन गरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

बिरोध र्यालीमा सयौं उपभोक्ताहरु पोस्टर , पम्प्लेटसहित प्रदर्शनमा उत्रीएका थिए ।

यस्तै खानेपानी संस्थामा अनियमितताबारे छानविन गर्न तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर -११ का वडा अध्यक्ष मान बहादुर रावतको संयोजकत्वमा तुलसीपुर ३ ,८ र ९ का वडा अध्यक्षहरु सम्मीलित ५ सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार