नेपालमा रेल सञ्चालनमा मासिक १ करोड घाटा किन हुन्छ?

डेली न्युजराप्ती       १९ मंसिर २०७९ ०८:२१ मा प्रकाशित     115 No Comments

तुलसीपुर, १९ मंसिर । नेपालमा रेल सञ्चालन गर्दा मासिक झण्डै एक करोड घाटा हुने गरेको रेल्वे कम्पनीले जनाएको छ । मासिक ६५ लाख आम्दानी गर्दै आएको रेल्वे कम्पनीले खर्च भने मासिक एक करोड ४३ लाख हुने गरेको बताएको छ । कम्पनीमा एक सय २५ जना भारतीय कर्मचारी छन् ।

नेपालमा दक्ष जनशक्ति नहुँदा भारतबाट कर्मचारी ल्याइएको हो । अहिले धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर मात्र रेल सेवा सञ्चालनमा रहेको रेल्वे विभाका प्रवक्ता अमन चित्रकारले जानकारी दिनुभयो । रेलमा दैनिक २७ सय देखि ३ हजार यात्रु आवतजावत गर्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७८ चेत्र १९ गते संयुक्त रुपमा रेलको उद्घाटन गर्नुभएको थियो । भारतको कोंकर्ण रेल्वे कर्पोरेसनसँग एक अर्ब रुपैंयमा खरिद गरेका दुईवटा रेल २०७७ असोजमा नेपाल आइपुगेको थियो ।

नेपालमा सन् १९२७ मै पहिलो पटक रेल सेवा शुरू भएको रेल सेवा १९६० सालमा आएर बन्द भएको थियो । त्यतिबेला अमलेखगञ्जदेखि भारतको रक्सौलसम्म ४८ किलोमिटरसम्म रेल सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार