मौसम परिवर्तन भएपछी तुलसीपुरका बिधालयहरु आजबाट संचालन हुने!

डेली न्युजराप्ती       ५ असार २०८० ०६:५३ मा प्रकाशित     115 No Comments

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका भित्रका सम्पुर्ण विद्यालयहरु असार ५ गतेबाट नियमित रुपमा पठनपाठन संचालन हुने भएका छन ।तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि नियमित पठनपाठन संचालन गर्न सबै विद्यालयहरुलाई आग्रह गरेको छ ।

असार ३ गते बसेको तुलसीपुर उपमहानगरपालिका शिक्षा समितिको बैठकले बढ्दो गर्मीका कारण असार ४ गतेदेखि ६ गतेसम्म ३ दिन गर्मी विदा दिने निर्णय गरेको थियो ।

मौसममा आएको परिवर्तन संगै ५ गतेदेखि नियमित रुपमा पठनपाठन सुचारु गर्न सबै विद्यालयहरुलाई आग्रह गरिएको तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार