नेकपाका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड करोड बराबरको राहत लिएर भुकम्प प्रभावित क्षेत्र प्रस्थान

डेली न्युजराप्ती       २५ कार्तिक २०८० ०६:३२ मा प्रकाशित     113 No Comments

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी र प्रवक्ता झण्डै एक करोड बराबरको राहत सामग्री लिएर कन्टेनर सहित शुक्रबार साझ भुकम्प प्रभावित क्षेत्र जाजरकोट पुग्दै छन् ।गत कार्तिक १७ गते शुक्रबार राती ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पले पिडीत भएका जाजरकोट,रुकुम पश्चिम र सल्यान जिल्लाका भुकम्पपिडितको राहत वितरण, प्रभावित क्षेत्रको अनुगमन तथा निरीक्षण र विपत्तिमा परेका जनतासंग भेटघाटका लागि महासचिव विप्लव एवम् पार्टीका प्रवक्ता प्रकाण्ड सी भुकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा जन भेटघाटका लागि हिडेका छन् ।अन्य दलका उपल्लो तहका नेताहरू हेलिकप्टर लिएर गएपनी महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड भने स्थलमार्ग हुदै पार्टीका राहत अभियानमा संकलित सामग्री कन्टेनरमा उठाउदै प्रभावित क्षेत्र जाजरकोट,रुकुम र सल्यानका लागी हिडेका छन् ।

नेकपा उपत्यका ब्युरो,पुर्वी ताम्सालिङ्,अखिल क्रान्तिकारी,गणतान्त्रिक खेलकुद महासंघ,अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी,नेकपा मकवानपुर,नेकपा चितवन,नेकपा रुपन्देही,नेकपा कपिलवस्तु, लगायतका पार्टी एवम् जवस मार्फत संकलन गरिएको राहत सामाग्री व्यवस्थापन गर्दै बिहीबार राति केन्द्रीय कार्यलय कपिलवस्तु शिवगढीमा आईपुगेका छन् । कपिलवस्तुमा पार्टीले उत्पादन गरेको थप चामल समेत महासचिव विप्लवले संगै लिएर जानेछन् ।यस्तै नेकपाले दाङ,कैलाली,कञ्चनपुर,सुर्खेत,दैलेख,बर्दिया लगायतको जिल्लामा संकलित राहत सामग्री समेत शुक्रबार अबेरसम्म प्रभावित क्षेत्रमा पुगेको छ ।

महासचिव विप्लव र प्रवक्ता प्रकाण्डले शनिबार जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारीहरु,स्थानीय जनप्रतिनिधिहरु एवम् पार्टीका स्थानीय नेताहरूहरु संगको सल्लाह तथा परामर्श अनुसार जुन ठाउँमा राहत अति आवश्यक छ उक्त ठाउँमा राहत सामग्री पठाउने तथा दिने कार्यक्रम रहेको छ ।राहतमा सामग्रीमा कम्मल,बल्याङकेट,डसना,त्रिपाल,लगाउने कपडाहरु जस्तै ज्याकेट,जुता,ट्रयाक लगायतका अन्य छन् भने खाद्यान्नमा चामल,तेल,नुन,चिउरा,बिस्कुट साथै केही औंसधी,भाडाकुटा लगायतका सामग्री छन् ।महासचिव विप्लवले आफू संगै चिकित्सकको टिम सहित घाइतेको भेटघाट तथा मेडिकल सहजीकरण गर्ने कार्यक्रम समेत बनाएका छन् ।महासचिव विप्लव र प्रकाण्डको टिम संगै बरिस्ठ चिकित्सक टीका कडेलको टिम समेत रहेको छ भने यस अगाडि नै घाइतेका उपचारका लागि डाक्टर प्रकाश सी,पिताम्बर सी,मान्यता सी,नक्षेत्र सी लगायतको टोली जाजरकोटमा बस्तीहरुमा निरन्तर खट्टिरहेको छ भने उद्वार तथा आधारभूत पुनर्निर्माणका लागि नेकपाले झण्डै डेढ सय नेता कार्यकर्ता नियमित परिचालन गरिरहेको छ । अभियान टिमले राहत वितरण,उद्वार,स्वास्थ उपचार तथा आधारभूत अस्थायी संरचना बनाउन सक्रियता पुर्वक लागिरहेका छन् । जाजरकोटमा नेकपा केन्द्रीय सदस्य संगम सी र रुकुममा केन्द्रीय सदस्य सवीन सी लगायतका नेताहरू निरन्तर राहत वितरण,उद्वार र आधारभूत पुनर्निर्माणमा लागिरहेका छन् ।जाजरकोट र रुकुमको भुकम्प पिडितलाई राहत सामग्री र भेटघाट पछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सल्यानका भुकम्प प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार