नेकपा पुर्वी दाङको तेस्रो पुर्ण बैठक: उवासंघको चुनावमा व्यावसायिक प्यानललाइ भोट दिन अपिल

डेली न्युजराप्ती       १२ आश्विन २०८० १२:५७ मा प्रकाशित     288 No Comments

घोराही । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले यही असोज १३ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा साझा समावेशी व्यवसायीक प्यानललाई जिताउन अपिल गरेको छ ।

पार्टीको बिहीबार घोराहीमा बसेको तेस्रोपूर्ण बैठकले असोज १३ गते हुने उवासंघको निर्वाचनमा साझा समावेशी व्यवसायीक प्यानलका टिमलाई मतदान गरी जिताउन आम उद्योगी तथा व्यवसायीहरुलाई अपिल गरेको हो ।

त्यस्तै बैठकले दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा  प्रचारप्रसार अभियानलाई तीब्र बनाउने निर्णय  गरेको छ । आज शुक्रबारदेखि सम्पूर्ण पार्टी पंक्ति निर्वाचनमा परिचालन हुने पार्टी पूर्वी दाङले जनाएको हो ।

बैठकले राजनीति तथा संगठनात्मक अभियान सञ्चालन गर्ने, हिउँदे उत्पादन सञ्चालन गर्ने, यही १८ गते राजनीतिक अन्तरक्रिया गर्ने, जिल्लामा समाजवादी मोर्चा गठनको लागि पहल गर्ने लगायतको निर्णय भएको पार्टीले जनाएको  हो ।

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीको अध्यक्षता तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्तीब्यूरो इञ्चार्ज सविन सीको प्रमुख आतिथ्यता एवं पार्टी केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इञ्चार्ज सम्झ्ना सीको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार