हेमन्त वली, तुलसीपुर। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई युवाको एक समूहले कालोमोसो दलेको छ ।
नेकपा (एमाले) निकट अनेरास्ववियु दाङ जिल्ला सह-संयोजक सर्जन परियारको नेतृत्व सहितको ३/४ जनाको समूहले शुक्रवार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिनुभयो ।
घटनामा संलग्न व्यक्तीहरुको खोजी कार्य जारी रहेको एसपी काफ्लेले बताउनुभयो । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको प्रहरीले बताएको छ ।
टाइडफाईड भएको बिरामीको कल्चार चेकको व्यवस्था नभएकोबताएपछि डा. विनोद सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको एसपी काफ्लेले बताउनुभयो ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.