जाजरकोट । धर्मेन्द्र बास्तोला (कञ्चन) नेतृत्वको नेकपा बहुमत जाजरकोटका यूवा नेता अखिल(क्रान्तिकारी)का केन्द्रिय सदस्य दीपेन्द्र सिंहले विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । शनिवार एक कार्यक्रमकावीच नेत्र विक्रम चन्द ( विप्लव) नेतृत्वको नेकपामा प्रवेश गरेका हुन् ।
उनलाई नेकपा जाजरकोटका सेक्रेटरी पौरख मल्ल, भेरी नगर कमिटी इन्चार्ज विराजन शाही, यूवा संगठनका केन्द्रीय सदस्य गोविन्द चन्द लगायतका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए ।
नेकपा बहुमतको नाम लिएर क्रान्तिकारीको खोल ओढेर बसेकाहरुको आगामी यात्रा सुन्दर, सफल नदेखेपछि आफु पुरानै नेतृत्वतिर समाहित भएको सिंहले बताए । ‘अवको यात्रा भनेको वैज्ञानिक समाजवाद स्थापनामा हाम्रो प्रमुख भुमिका रहनेछ, त्यहाँका साथीहरु साँच्चिकै क्रान्तिकारी होइनन्, उनीहरुमा हरेक कुराको पारर्दशिता देखिदैन्’ सिंहले भने ।
यस्तै सिंहलाई स्वागत गर्दै जाजरकोट सेक्रटरी मल्लले क्रान्तिकारी यूवाहरुको पार्टीलाई खाँचो रहेको र वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन रातदिन नभनि खटिनुपर्ने बताए ।
यस्तै सोही कार्यक्रममा नेपाल तरण दल जिल्ला कार्य समिती सदस्य टेकजङ शाहीले समेत नेकपामा प्रवेश गरेका छन।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.