पत्रकार बसन्त पौडेललाई मातृशोक ,जलनबाट घाइते ७२ वर्षीया आमाको निधन

डेली न्युजराप्ती       १४ चैत्र २०८२ ०७:२१ मा प्रकाशित     179 No Comments

दाङ । जलनबाट गम्भीर घाइते भएकी ७२ वर्षीया गुमीकुमारी पौडेलको उपचारका क्रममा गएराति निधन भएको छ।

रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर तथा मृतकका छोरा बसन्त पौडेल डामाडोल र तेजबहादुर पौडेलकी आमा गुमीकुमारी पौडेल केही दिनअघि आगलागी/जलनबाट घाइते भएकी थिइन्।

उपचारका क्रममा उनको अवस्था गम्भीर बन्दै गएपछि अन्ततः ज्यान गुमाउनु परेको परिवार स्रोतले जनाएको छ।

मृतकप्रति परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार