बाघको छालासहित दाङमा ४ जना पक्राउ

डेली न्युजराप्ती       २४ पुष २०७८ १०:३७ मा प्रकाशित     457 No Comments


दाङ ,२४ पुस । दाङमा बाघको छालासहित चारजनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नं. ३ टिकुलीगढमा बाघको छालाको कारोवारकालागि मोलमोलाई भइरहेको सूचनाका आधारमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं. १३ झरना टोल घर भई हाल लमही नगरपालिका ३ टिकुलीगढमा कोडाभाडामा बस्ने ४५ वर्षीय शंकर गिरी, उनकी श्रीमती ४२ वर्षीया झरना गिरी (थापा), लमही नगरपालिका १ नर्ती निवासी ६३ वर्षीय गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका २ बरुवागाउँ निवासी २८ वर्षीय आशा कुमार चौधरी रहेका छन् ।
प्रहरीका अनुसार विश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला ल्याएर गिरी दम्पतीलाई बेच्नकालागि मोलमोलाई भइरहेको थियो । पक्राउ परेका उनीहरुलाई आबश्यक कारवाहीकालागि डिभिजन बन कार्यालयमा बुझाईएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार