नेकपा पश्चिम दाङद्वारा कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन (फोटोफिचर)

डेली न्युजराप्ती       ४ बैशाख २०८० १८:५७ मा प्रकाशित     206 No Comments

बैशाख ४ , तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी पश्चिम दाङले कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाई सम्मान तथा अभिनन्दन गरेको छ ।
नेकपाले आज तुलसीपुरमा एक कार्यक्रमका बिच कम्युनिस्ट आन्दोलनका अगुवा जेष्ठ कम्युनिस्ट नेताहरुलाइ अभिनन्दन गरेको हो ।

७५औ नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा नेकपा पश्चिम जिल्ला समितिले १९ जना कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन गरेको जनाएको छ ।
नेकपा पश्चिम दाङ अन्तर्गत पर्ने तुलसीपुर उपमहानगरपालिका , शान्तिनगर , दंगिशरण र बबई गाउँपालिकामा बस्ने कम्युनिस्ट आन्दोलन अगुवा ,जेष्ठ कम्युनिस्ट नेतृत्वलाई निरन्तर क्रान्तिको पक्षमा दृढताका साथ उभिएकोमा सम्मान स्वरुप अभिनन्दन गरेको हो ।

७५औ नेकपा स्थापना दिवसको अवसरमा नेकपा पश्चिम दाङद्वारा अभिनन्दित हुनेमा कम्युनिस्ट आन्दोलनका अगुवा ,जेष्ठ कम्युनिस्ट नेताहरु छविलाल वली , भरत भण्डारी , सुन्दर सी , वामदेव शर्मा , नारायण आचार्य , धनराज वली , नर बहादुर वली (निराजन) , नन्दराम रोका , नन्दलाल वली , कृष्ण बहादुर वली , भेदी प्रसाद धर्कटुवा , मदन आचार्य , टोप बहादुर वली (संजिव) , पिमा कुमारी गिरि , बल बहादुर वली (शुरेस) , हिमलाल चौधरी , तिल कुमारी राणा , फुल राम चौधरी , कृष्ण बहादुर महतरा रहेका छन् ।

कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ नेकपाका पिबिएम शितल सीले सम्मान गर्दै कम्युनिस्ट आन्दोलनमा गरेको योगदानको कदर गर्दै निरन्तर क्रान्तिको पक्षमा अभिभावकत्व प्रदान गर्न मायाको चिनो प्रदान गरेका थिए ।

कम्युनिस्ट आन्दोलनका अगुवाहरुलाइ सम्मान तथा अभिनन्दन कार्यक्रम नेकपाका पोलिट्ब्युरो सदस्य शितल सीको प्रमुख रहेको थियो भने नेकपाका केन्द्रीय सल्लाहकार सुन्दर सी , पार्टीका केन्द्रीय सदस्य प्रदिप सीको आतिथ्य रहेको थियो । नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण पार्टीका सचिवालय सदस्य रुद्र सीले गरेका थिए ।

कार्यक्रममा कम्युनिस्ट आन्दोलनका अगुवा मदन आचार्य , बामदेव शर्मा , धनराज वली , भरत भण्डारी , छविलाल वली , सुन्दर सीले मन्तव्य व्यक्त गरेका थिए ।

लेनिन जयन्तीको सन्दर्भ पारेर पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालमा नेकपा स्थापना भएको दिनलाई स्मरण , समिक्षा र नयाँ प्रतिबद्धता सहित नेपाल कम्युनिस्ट पार्टीले साताव्यापी कार्यक्रमको आयोजना गरि मनाउने जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले गत शनिबार सार्वजनिक गरेको पोस्टर अनुसार नेकपा स्थापना दिवसलाई साताव्यापी मनाउने उल्लेख गरिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समितिद्वारा घोषित सप्ताहव्यापी क्रार्यक्रमहरू अनुसार बैशाख ३ गते -देशव्यापी वालिङ्ग , बैशाख ४ गतेदेशव्यापी क्रान्तिकारी आन्दोलनका जेष्ठ कम्युनिस्ट नेतालाई अभिनन्दन , बैशाख ५ गते-झाँकी सहित साँस्कृतिक कार्यक्रम , बैशाख ६ गते-देशव्यापी प्रदर्शन र वृक्षारोपण कार्यक्रम , वैशाख ७ गते देशव्यापी अन्तर्कृया , वैशाख ८ गते रक्तदान र बैशाख ९ गते देशभरी उत्सवसभा र दिपावली , काठमाण्डौमा विशाल जनसभा गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार